केही तन्का

विदुर खबर २०७६ पुष ३ गते १६:२३
श्रीराम श्रेष्ठ

                                                                             श्रीराम श्रेष्ठ

१, सेतो कपडा

रगत छर्किदिंदा
रोयो समय कालो बादल
भाग्दा त्रास बोकेको मन ।
२, मसानघाट
सन्नाटा घेरिएको
निशब्द मन
आँखा चिम्लि उघार्दा
अँध्यारोले अत्यायो ।
३, सपना भाग्यो
बिछडिनु पर्दामा
मुटुमा किला आँखामा
टासिंएको झझल्को अतीतको ।
९, यात्राको बेला
बन्दीपुर उकालो बढे
घचेट्दै स्वागत
बाटोभरि लालुपाते फूलले ।
१०, पर्दा पछाडि
अँध्यारो रच्नेहरु
हौसिदै हिड्छ
कतिन्जेल हिड्ने हो
कालो मन बोकेर ।
Advertisement

प्रतिक्रिया