एसइई परीक्षा चैत ६ गतेबाट
विदुर खबर
२०७६ पुष १ गते १०:३९

नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको मंसिर ३० गते बसेको बैठकले यो निर्णय गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डद्वारा जारी सूचनामा जनाइएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्ष हुनेछ।
बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ। नियमित तथा ग्रेड वृद्धिका विद्यार्थीको हकमा भने नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुनेछ।
परीक्षा बोर्डले परीक्षाको समयमा आकस्मिक बिदा पर्न गएमा परीक्षा नियन्त्रण कार्यालयको सूचना बेगर स्थगित नहुने जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया