दुप्चेश्वर गाउँपालिकाले मेलमिलाप कर्ता उत्पादन गर्दै

विदुर खबर २०७६ मंसिर ३० गते २१:१७

नुवाकोट । न्यायिक समितिमा विवादको चाप बढेको र त्यसलाई सहज रुपमा समाधान गर्न नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको न्यायिक समितिले मेलमिलाप कर्ता उत्पादन गर्न आधारभूत तालिम दिइरहेको छ ।

Advertisement

प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको प्राविधिक सहयोगमा प्रत्येक वडामा ७ जना मेलमिलाप कर्तालाई सक्रिय बनाउने उदेस्यले न्यायिक समितिले तालिम दिन थालेको हो । न्यायिक समिति र मेलमिलाप कर्ताहरुको काम कर्तव्य र अधिकार एकै प्रकृतिको भएकोले र गाउँपालिका भित्र रहेका मेलमिलाप कर्ताहरु निष्किृय रहेकोले विवाद समान गर्न सहयोग पुगोस् भन्ने उदेस्यले मेलमिलाप कर्ताहरु उत्पादन गर्न लागिएको न्यायिक समितिको संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभएको छ ।

न्यायिक समिति र मेलमिलाप केन्द्रले देवानी प्रकृतिका विवादहरु समाधान गर्दै आइरहेको छ । न्यायिक समिति गठन भएसँगै दुप्चेश्वर गाउँपालिकाले ८२ वटा विवादको समाधान गरिसकेको छ ।न्यायिक समितिले विशेष गरी जग्गाको साधमा आएको समस्या, कुलोकुलेसो, सासुबुहारीको झगडा, सडक निर्माण गर्दा निस्कने ढुङ्गा माटो व्यक्तिको जग्गामा परेको भन्दै उत्पन्न विवादलाई समाधान गरिएको न्यायिक समिति संयोजक आचार्यले जानकारी दिनुभएको छ ।

Advertisement

न्यायिक समितिमा भौजदारी अभियोगका २ वटा विवादको निवेदन परेकोमा समाधानको लागि  अधिकार क्षेत्रभित्र  नपर्ने भएकोले प्रहरी कार्यलयमा पठाइएको आचार्यले जानकारी दिनुभएको छ । न्यायिक समितिमा विवादको चाप बढ्दा अन्य काममा समय दिन नपाएको भन्दै मेलमिलाप कर्ताहरु उत्पादन गर्न लागिएको उहाँले बताउनुभएको छ ।
आइतबारदेखि सुरु भएको तालिममा २८ जनाको सहभागिता रहेको प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपाल नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले जानकारी दिनुभएको छ ।

तालिम पौष ६ गतेसम्म सञ्चालन हुनेछ ।

Advertisement

प्रतिक्रिया