चौधौं महाधिवेशसनसम्म कांग्रेसमा गुट हराउँछ : डाक्टर महत

विदुर खबर २०७६ मंसिर ३० गते २०:४७

कांग्रेस नेता डाक्टर रामशरण महतले पार्टीको केन्द्रिय समितिमा पछिल्लो समय देखिएको विवादलाई महाशिवेशन सम्पन्न गर्न गरिएको बहसका रुपमा लिनु पर्ने बताएका छन् ।

Advertisement

 

कार्यकर्ता प्रशिक्षण तथा पछिल्लो चरणको जागरण अभियानले पारेको प्रभावबारे अध्ययन गर्न जिल्ला दौडाहामा निस्केका नेता महतले सोमबार पर्वतमा आयोजित पत्रकार सम्मेलनमा आगामी महाधिवेशनसम्म कांग्रेसमा गुट भन्ने कुनै गुञ्जायस नरहने दाबी गरे।

Advertisement

एकताको इन्डिकेटर बनाउने जिम्मा नेतृत्वले लिनुपर्ने उनले बताए। ‘विचारको आधारमा निर्णय हुनुपर्छ। व्यक्तिको आधारमा होइन। पार्टीलाई एक बनाएर लैजान नेतृत्वले एक कदम माथी उठेर आफ्नो हठ त्याग्नुपर्छ,’ उनले भने।

अहिले जे भएको छराम्रैका लागि भएको छ भनेर बुझ्नुपर्छ,’ उनले भने,’बैठक बहिस्कार गरेका समाचारहरु जसरी आएका छन्पार्टीभित्र त्यति साह्रो अन्तरकलह छैन। जति भएको छत्यो महाधिवेशन समयमा होस् भनेरै भएको हो। त्यो पनि महाधिवेशनसम्म सबै हराउँछ।’ उनले आगामी ६ महिनाभित्र पार्टीका सबै भातृ संस्थाहरुको समेत नयाँ नेतृत्व चयन हुने उनले बताए।

Advertisement

कांग्रेसको भूमिका संसद र सरकार दुबै स्थानमा कमजोर हुँदा राजनीतिमा ब्यालेन्स हुन सकेको उनले बताए। गुटबन्दी र म कसरी बलियो हुने भन्दै गएका कारणले प्रतिपक्षको भूमिकामा कांग्रेस रहन नसकेको बताए। ‘पार्टी र बिपक्षीले भन्दा नागरिक समाजले सरकारको बिरोधमा शषक्त बिरोध गरिरहेको छ। पार्टी एक नभकै कारण हाम्रो भूमिका कमजोर देखिएको हो,’ उनले भने।

प्रतिक्रिया