मलेसिया गएका १३ नुवाकोटे सम्पर्क वाहिर
नुवाकोट । बैदेशिक रोजगारीका लागि मलेसिया गएका १३ जना नुवाकोटे सम्पर्क वाहिर रहेको पाइएको छ ।
विदेशमा गएर पैसा कमाउने र आफ्ना घर परिवारलाई सुख दिने इच्छा र अभिलासा लिएर विदेशिएकामध्ये १३ नुवाकोटे सम्पर्क वाहिर गएर रहेको एक तथ्याङ सार्वजनिक भएको हो ।
आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । साउदी अरेबियाबाट ६७, कुबेतबाट ४६, संयुक्त अरब इमिरेट्सबाट ३२, कतारबाट २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको सम्पर्कमा छैनन् ।
पछिल्लो ६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएर परिवारको सम्पर्कबाहिर पुगेका ३८८ व्यक्तिका परिवारले खोजी गरिदिन पिएनसिसीलाई आग्रह गरेका थिए । सो अवधिमा २३१ कामदार परिवारको सम्पर्कमा आइसकेका छन् । यस्तै १०४ कामदारको खोजी भइरहेको संयोजक सिंह बताउनुहुन्छ । ५३ कामदारको अवस्था अज्ञात रहेकाले खोजी प्रक्रिया स्थगित गरिएको छ । हराएको ३८८ मध्ये ३१३ पुरुष र ७५ महिला रहेका थिए ।
सबैभन्दा बढी नवलपरासीबाट वैदेशिक रोजागरीमा गएका ८४ आप्रवासी कामदार परिवारको सम्पर्क बाहिर रहेका छन् । यस्तै कैलाली २२, धनुषा २१, धादिङ र सिन्धुपाल्चोक २०÷२०, सर्लाही १९, उदयपुर १५, सुनसरी १४, सप्तरी र १३ तथा अन्य जिल्लाका १४७ नेपाली परिवारको सम्पर्क बाहिर रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया