तपाईले फेसबुकमा BFF लेख्नु भयो कि भएन ? यस्तो छ वास्तविकता
काठमाडौं। दिन भर कामको व्यस्तताले फेसबुक खोल्न पाइएन । खोले पनि म्यासेज चेक मात्र गरे ।जब साँझ आएर यसो नेभिगेसन स्क्रोल गर्दै गए जताततै यस्तो मात्र पाए :भर्खरै प्राप्त जानकारी अनुसार फेसबुक सञ्चालक (CEO) Mark Zuckerberg ले संसार भरिका सम्पूर्ण फेसबक प्रयोगकर्ता हरुको लागि फेरि एउटा महत्त्वपूर्ण नयाँ आविष्कार गरिदिनु भएको जानकारी आएको छ जसको नाम हो BFF. तपाईँ आफ्नो फेसबुक अकाउन्ट सुरक्षित छ कि छैन भन्ने थाहा पाउनको लागि यो पोस्टमा BFF.टाइप गरी कमेन्ट गर्नुहोस् यदि तपाईँको कमेन्टमा हरियो हुँदै माथितिर गएको देख्नु भयो भने तपाईँको फेसबुक अकाउन्ट सुरक्षित छ र यदि देख्नु भएन भने तुरुन्तै आफ्नो पास्वर्ड परिवर्तन गर्नुहोस् तपाईँको फेसबुक अकाउन्ट ह्याक हुने तर्खरमा छ,!! Try to Comments Below BFF.एक छिन हेरे मात्र । अब के गर्ने मैले पनि एक जना साथीको स्टाटसमा गएर BFF टाइप गरे अनि हरियो देखियो साथै २ वटा हातको अनिमेसन आयो ।जब २ वटा हातको अनिमेसन आयो मनमा कौतुहलता जाग्यो अनि खोज्न थाले आखिर के हो त BFF हेर्दै जाँदा “best friends forever” भन्ने हुँदो रैछ जुन एनिमेसन फेसबुकले तयार पारेको रैछ । यस अघि फेस्बुकाले congrts अथवाCongratulationsलाई रातो अक्षर अनि नेपालीमा बधाई लेख्दा रातो अक्षरमा देखाउँथ्यो र ऐले नि देखाउँछ ।त्यस्तै XOXO भनेर टाइप गर्नु भयो भने पनि त्यस्तै देखाउँछ । यो ऐले सामाजिक सञ्जालमा फैलिएको अफवाह मात्रै हो जुन हल्लाको पछाडि हामी धमाधम स्टाटस लेखेर हाम्रो एकाउन्ट सेफ छ कि छैन भन्ने चेक गर्दै छौ ।हामी यति सम्म बेवकुफ भयौ कि कसैले यस्तो हुन्छ भन्दिए सजिलै पत्यौछौ तर वास्तविकता पछाडि लाग्ने चेष्टा गर्दैनौ ।यौटा कहावत छ नि कौवाले कान लैदियो भन्दा कौवाको पछाडि दौडन्छौ तर आफ्नो कान छाम्न सक्दैनौ ,यो ठ्याक्कै त्यस्तै हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया