विदुर नगरपालिकका ८० वृद्धवृद्धा सम्मानित
विदुर । समाज सचेतन केन्द्र विदुरले आफ्नो २० औ वार्षिकउत्सवको अवसर पारेर विदुर नगरपालिका भित्रका ८० जना वृद्धवृद्धालाई सम्मान गरेको छ । 
शुक्रवार विदुरमा एक कार्यक्रमको आयोजना गरि केन्द्र नगरपालिकाका ७५ वर्षभन्दा माथिका ८० जना वृद्धवृद्धालाई सम्मानसहित एक÷एक ओटा थर्मस समेत वितरण गरेको समाज सचेतन केन्द्रका अध्यक्ष यमकुमार खातीले जानकारी दिए । समाजको विभिन्न तह र तप्कामा योगदान पुराएको र अन्य संघसंस्थालाई पनि वृद्धवृद्धाहरुलाई सम्मान र प्रोत्साहन गर्न सम्मान गरिएको खातीले बताए ।
कार्यक्रममा नेकपाका नेता राजेन्द्र प्रकाश लोहनीले समाजमा रहेका सबै वृदवृद्धा नागरिकहरुको हेरचाह गर्ने जिम्मा सरकारको भएपनि अहिले सरकारको आम्दानी कम भएकोले जिम्मा पुरा गर्न नसकेको बताए । सरकार सक्षम भएपछि सबैको शिक्षा, स्वास्थ्य, औषधी उपचार लगायतका कुराहरुमा राज्यले जिम्मा लिने लोहनीले बताए ।
त्यस्तै कार्यक्रममा पुर्व सांसद गोविन्द नेपाली, विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ, समाज सचेतन केन्द्रका सल्लाहकार इन्द्र पण्डित लगायतले समाजमा रहेका वृद्धवृद्धाहरु जीउँदो इतिहास भएकोले उनीहरुबाट युवापुस्ताले धेरै कुरा सिक्न सक्ने बताए । वि.स २०५६ साल मंसिर २७ गते स्थापना भएको समाज सचेतन केन्द्रले आन्तरिक स्रोतबाट वृद्धवृद्धाहरुलाई सम्मान गरेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया