नेपाल बजार बिक्रि प्रतिनिधि संघ नुवाकोट–रसुवा–धादिङ समन्वय ईकाई कमिटि गठन
नुवाकोट । नेपाल बजार बिक्रि प्रतिनिधि संघ नुवाकोट रसुवा धादिङ समन्वय ईकाई कमिटि गठन भएको छ ।
रुपक न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्बसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा उद्धब अधिकारी, सचिबमा श्रीरमेश अधिकारी, सहसचिबमा धादिङका सुनिल भुजेल र कोषाध्यक्षमा दिपक ढकाल चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा बैकुण्ठ तिमिल्सिना, अर्जुन घिमिरे, मुकुन्द दाहाल, राजन पुडासैनी, सुजन न्यौपाने, सुधिर बराकोटी, बिज्ञान सिलवाल, रामेश्वर आचार्य, रामशरण प्याकुरेल। मधुसुदन न्यौपाने, भिमप्रसाद खतिवडा र सलिना रिजाल रहेका छन् । साथै, प्रलाद केसीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाका समिति गठन भएको छ ।
समितिको सदस्यहरुमा अमृत नेपाल, नारायण पुडासैनी, सुजन न्यौपाने र प्रबिण डङ्गोल रहेका छन् । ईकाई कमिटि गठन कार्यक्रममा नेपाल बजार बिक्रि प्रतिनिधि संघ प्रदेश नम्बर ३ का उपाध्यक्ष शैलेस बुढाथोकी, प्रदेश नम्बर ३ का शिक्षा सचिब अंकुर कोइरालाको विशेष उपस्थिति रहेको थियो । उद्योग तथा व्यवसायको प्रवद्र्धन एवम् संरक्षण गर्दै बिक्रि प्रतिनिधि कर्मचारीहरुको पेसागत सुनिश्चतता सामाजिक सुरक्षाको लागि संघले आगामी दिन कार्य गर्ने संघका सचिब श्रीरमेश अधिकरीले बताउनुभएको छ । साथै विभिन्न संघसंस्थाहरु सँगको सहकार्यमा सामाजिक कार्यहरु गरी संस्थालाई गतिशिल रुपमा परिचालन गर्दै लैजाने उहाले बताउनुभएको छ ।
विभिन्न व्यापारिक कम्पनिहरुमा बिक्रि प्रतिनिधिको रुपमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र छाता संगठनसगै संगठन बिस्तारको कार्य पुरा भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया