सुन्धाराको आगलागीमा २ जना घाइते, वीर अस्पतालमा उपचार हुँदै
विदुर खबर
२०७४ चैत ७ गते १५:०७
काठमाडौं, ७ चैत– काठमाडौं महानगरपालिकाको कार्यालय रहेको सुन्धारा बागदरबार क्षेत्रमा आगलागी भएको छ । महानगरपालिका कार्यालय छेउमा रहेको सालिमार रेस्टुरेन्टसँगैकाे गुलाव मिठाइ पसलबाट आगो लागेको हो ।
आगलागीमा २ जना घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त जनसेवाका अनुसार सालिमार रेस्टुरेन्टमा सेक्युरिटी गार्डको रुपमा कार्यरत दुईजना घाइते भएका हुन् ।
घाइते हुनेमा १ जना पुरुष र १ महिला रहेको प्रहरीले जनाएको छ । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।
६ः२० देखि शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित जुद्ध वारुण यन्त्रका दमकल परिचालन गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया