सुन्धाराको आगलागीमा २ जना घाइते, वीर अस्पतालमा उपचार हुँदै

विदुर खबर २०७४ चैत ७ गते १५:०७

काठमाडौं, ७ चैत– काठमाडौं महानगरपालिकाको कार्यालय रहेको सुन्धारा बागदरबार क्षेत्रमा आगलागी भएको छ । महानगरपालिका कार्यालय छेउमा रहेको सालिमार रेस्टुरेन्टसँगैकाे गुलाव मिठाइ पसलबाट आगो लागेको हो ।

Advertisement

आगलागीमा २ जना घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त जनसेवाका अनुसार सालिमार रेस्टुरेन्टमा सेक्युरिटी गार्डको रुपमा कार्यरत दुईजना घाइते भएका हुन् ।

घाइते हुनेमा १ जना पुरुष र १ महिला रहेको प्रहरीले जनाएको छ । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

६ः२० देखि शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित जुद्ध वारुण यन्त्रका दमकल परिचालन गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Advertisement

प्रतिक्रिया