१३ औ सागमा नुवाकोटका ६ खेलाडीले पदक पाए

विदुर खबर २०७६ मंसिर २० गते ९:५०

नुवाकोट । काठमाण्डौमा जारी १३ औ साग खेलकुद प्रतियोगितामा नुवाकोटका ६ खेलाडीले पदक प्राप्त गरेका छन ।

Advertisement

जिल्ला खेलकुद विकास समिति नुवाकोटका पदक प्राप्त गर्ने खेलाडीहरुमा अनु अधिकारी, लक्ष्मी मगर, कृष्णबहादुर तामाङ, मिना ग्लान, रेजिन रिमाल र राजिव पुडासैनी रहेका छन । जिल्ला खेलकुद विकास समिति नुवाकाटकी कार्यलय प्रमुख सन्तोषी बैद्यका अनुसार प्रतियोगितामा नुवाकोट पन्चकन्याकी अनु अधिकारी र लक्ष्मी मगर स्वर्ण प्राप्त गरेका छन भने कृष्ण बहादुर तामाङ र मिना ग्लानले रजत पदक हात पारेका छन । त्यस्तै रेजिन रिमाल र राजिव पुडासैनी कास्य पदक प्राप्त गरेका छन ।

अधिकारीले करातेमा स्वर्ण हात पार्दा मगरले साइक्लिङतर्फ स्वर्ण हात पारेकी हुन । त्यस्तै तामाङ तेक्वान्दोमा रजत हात पार्दा ग्लानले सुर्यगढि उसुतर्फ रजत पाएकी हुन । यस्तै रिमालले तेक्वान्दोमा कास्य हात पार्दा पुडासैनीले कराते कास्य पदक हात पारेका हुन ।

Advertisement

प्रतिक्रिया