नुवाकोटका स्थानिय तहमा बेतिथि बढ्यो, सच्चिन आग्रह

विदुर खबर २०७६ मंसिर १८ गते २०:३९

नुवाकोट । नेपाल सरकारका सहसचिव रुद्रसिंह तामाङले नुवाकोटका स्थानिय तहमा बेतिथि बढेको भन्दै नुवाकोटका स्थानिय तहका प्रम्ख तथा उपप्रमुखहरुलाई सचेत गराएका छन ।

Advertisement

संवाद समुह नुवाकोटले आईतबार आयोजना गरेको स्थानिय सरकारका योजनाहरुको निर्णय कार्यान्वयनका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै सहसचिव तामाङले नुवाकोटका केहि स्थानिय तहले कानुन वाहिर गएर काम कारवाही गरेको भन्दै सचेत गराएका हुन । सहसचिव तामाङले स्थानिय सरकारले स्थानिय सरकार संचालन ऐन २०७४ ले तोकिएको भन्दा वाहिर गएर काम गरेको गुनासो बढेको भन्दै स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुलाई सच्चिन आग्रह गरेका हुन । जिल्लाका सबै स्थानिय तहका प्रमुख,उपप्रमुख र प्रमुख प्रशाससकिय अधिकृतहरु सहभागि भएको बैठकमा सहसचिव तामाङले केही स्थानिय तहमा रहेका जनप्रतिनिधिहरुले कानुन विपरित काम गरेको पाइएको भन्दै कानुनले कसैलाई पनि नछोड्ने बताए ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नुवाकोटका स्थानिय तहले गरेको काम कारवाहीको लागि अनुगमनको लागि अधिकार पाएपनि कानुन अभावले रोकिएको भन्दै कानुन बनाएर कडाईको साथ कार्यक्षेत्रमा जाने बताए । प्रमुख तामाङले स्थानिय तहले गरेका काम कारवाहीहरु आफुहरुले नियाली रहेको भन्दै आफुहरुको अनुगमन सर्वमान्य हुने बताए ।

Advertisement

त्यस्तै सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नुवाकोटका स्थानिय तहमा विधिसंगत,पारदर्शीता जवाफदेहिता नभएको भन्दै गुनासो आउन थालेको बताए । प्रजिअ पोखरेलले अभाव र समस्याको बिचमा सेवा पुराउँदै आएका स्थानियतहले सच्च्निुपर्नै बताए । प्रजिअ पोखरेलले कानुन तथा विधिलाई उल्लघंन गर्दै कार्य संचालन गरेको भन्दै प्रमाणसहित जिल्ला प्रशासन हुँदै अख्तियारमा समेत उजुरी पुगेको , जनप्रतिनिधि र कर्मचारीबिच एकता समेत नभएको पाइएकाले सच्चिन सचेत गराएका छन । पोखरेलले आफुहरुले विभिन्न स्थानिय तहमा भएका अनियमितताहरुको गोप्य र सुक्ष्म अनुगमन गरिरहेको भन्दै आफ्नो कार्यशैली परिर्वतन गर्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुलाई आग्रह गरे ।

कार्यक्रममा नुवाकोटका स्थानिय तहका प्रमुख,उपप्रमसख तथा प्रमुख प्रशासकिय अधिकृतहरुलाई स्थानिय सरकार संचालन ऐन तथा स्थानिय सरकारका योजनाहरुको निर्णय कार्यान्वयनका अवसर र चुनौती विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सबै स्थानिय तहका प्रमुख तथा उपमुखहरुको सहभागता रहेको थियो ।

Advertisement

प्रतिक्रिया