पार्टी संगठनलाई व्यवस्थित गर्न सकेको भए थप ऊपलव्धी हुने थियो : महत
उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसका कृष्णलाल भडेल र वाग्लुङ् क्षेत्र नं २(२) बाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन् ।अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा विजयी भएको छ । तीन प्रदेशसभा सदस्यको लागी भएको निर्वाचनमा नेकपा, नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाले एक एक स्थानमा जित हात पारेको छ।अन्तिम परिणाम अनुसार नेकपा ३० स्थानमा जीत हात पारेको छ । नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन स्थानीय तहको अध्यक्ष पदमा जीत हात पारेको छ ।
बाँकी उपाध्यक्ष र वडाअध्यक्ष पदमा नेकपा उम्मेदवार निर्वाचीत भएका हुन् ।नेपाली काङ्ग्रेसले १३ स्थान जीत हात पारेको छ । काङ्ग्रेसका उम्मेदवार एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालीकाको मेयर पदमा काङ्ग्रेसका तिलक राईले जीत हात पारेको छ।समाजवादी पार्टीले चार तथा राष्ट्रिय जनता पार्टी, नेपालले तीन स्थानमा जीत हात पारेको छ।एकजना वडाअध्यक्ष स्वतन्त्र निर्वाचीत भए ।
नेकपाको प्रतिनिधित्व गरी कास्की निर्वाचन क्षेत्र नं २ बाट विद्या भट्टराई प्रतिनिधि सभा सदस्य चुनिएकी छिन् । त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३(२) मा नेकपाको प्रतिनिधित्व गरेकी उम्मेदवार विमलाकुमारी खत्री निर्वाचित भएकी छिन् ।
निर्वाचन परिणामले काङ्ग्रेसलाई गत निर्वाचनको मत परिणामको तुलनामा ऊत्साहजनक सफलता प्राप्त भएको छ।काङ्ग्रेसले निर्वाचन अघि नै पार्टिको आन्तरिक संगठनलाई व्यवस्थित गर्न सकेको भए अझ थप ऊपलव्धी प्राप्त गर्न सक्दथ्यो । नवनिर्वाचित ऊमेदवारहरुमा संघीय प्रणालीलाई मजवुत वनाऊन सहयोग पुर्याऊन सफल रहनुहोस सफल कार्यकालको शुभकामना ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया