प्रचण्डका घरभेटीका कारण वालाजु–ककनी सडक ठप्प

विदुर खबर २०७६ मंसिर १४ गते १९:२६

नुवाकोट । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डका घरभेटी सारदा प्रसाद अधिकारीको कारण नुवाकोटको वालाजु–ककनी–त्रिशुली सडक ठप्प भएको छ ।

Advertisement

ठेक्का सम्झौताअनुसार ७१ सालमै सम्पन्न गरिसक्नुपर्नेमा ७२ सालको भूकम्पलाई बहाना बनाएर ठेक्का अवधि लगातार लम्बिदै आएको छ । करिब ५४ करोड लागतमध्ये ४४ प्रतिशत कमको जिम्मा ठेकेदार अधिकारीले पाएका थिए । नुवाकोटकै स्थायी निवासी ठेकेदार अधिकारीले आफ्नै जिल्लावासीलाई दिनुसम्म सास्ती दिएका छन्।

राजधानीदेखि रसुवागढी नाका हुँदै चीनको केरुङ जोड्ने पासाङल्हामु मार्गको यात्रा यहि सडकका कारण सास्तीपूर्ण बनेको छ । बालाजु बाईपासदेखि ककनीसम्मको दूरी २२ किलोमिटरको भए पनि ४५ मिनेटमा पुगिने उक्त दुरी छिचोल्न चार घण्टा लाग्ने गरेको भुक्तभोगी बताउँछन् । सडक एक दशकदेखि उनै ठेकेदार अधिकारीको चंगुलमा फसिरहेको छ । सडकका लागि बजेट त खर्च भयो तर सडकको हाल सुधारिएन, झनै जिर्ण बन्दै गएको छ ।

Advertisement

सधै निर्माणका नाममा सडकमा आफ्नो उपस्थित देखाउने तर काम फत्ते गरेर सडक चुस्त दुरुस्त बनाउने भन्दा सडकलाई झन्झन् वेहाल अवस्थामा राख्दै ठेक्का लम्याउने काम निरन्तर चलिरहेको छ । एक्जिम बैंक भारतको ऋण सहयोगमा बालाजु–ककनी–त्रिशुली खण्डको ५५ किलोमिटर सडक दुई खण्डमा बाँडेर स्तरोन्नतीको काम चलिरहेको छ । ऋण दिँदाको सर्तअनुसार दुवै खण्डको ठेक्कामा भारतले ज्वाइन्ट भेञ्चर कम्पनी राखेको छ ।

बालाजुदेखि रानीपौवासम्मको १७ किलोमिटर सडक बनाउने जिम्मेवारी पाएको भारतीय कम्पनी एआइपिएलले नेपाली कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा लगायो ।शैलुङ कन्स्ट्रक्सन समयमा काम नसक्ने भनेर चौतर्फी बद्नाम भएका शारदाप्रसाद अधिकारीको कम्पनी हो ।

Advertisement

सडक सुधार तथा विकास आयोजना कार्यालयले एआइपिएल र शैलुङसँग सन् २०१४ मा सम्झौता गरेको थियो । अढाइ वर्षे सम्झौता सकिएपछि चार–चार पटक म्याद थपियो । तर, बालाजु–रानीपौवा सडक स्तरोन्नतिको काम ४० प्रतिशत पनि पूरा भएको छैन । जसकारण नागरिकले सास्ती पाइरहेका छन् ।

सडकमा अवस्था कस्तोसमम छ भने बसभित्रै यात्रुले मास्क लगाउनु पर्छ । बसभित्र माक्स लगाएर यात्रारत यात्रुहरु वाइट तथा फुटेज र जनप्रतिनिधि टलकमान सडकको यो दुर्गतीको बारेमा यात्रु र स्थानीय मात्रै हैन राजनीतिक दलका नेता एवं सांसदहरु पनि आजित बनेका छन्।

ठेकेदार शारदा अधिकारीको पहुँच र मनोमानिका अगाडी नेता र सांसदहरुको पनि केही चल्दैन । कतिसम्म भने ठेकेदार अधिकारीले स्थानीय नेता र जनप्रतिनिधिका फोन उठाउन पनि छाडेका छन् । सडकको निर्माण छिटो सक्न सम्बन्धित ठेकेदार कम्पनी र आयोजनालाई दबाव दिँदै आएका पुर्वमन्त्री, नेकपाका केन्द्रीय सदस्य तथा यही क्षेत्रबाट निर्वाचित सांसद हितबहादुर तामाङले आफूहरुले बारम्बार आवाज उठाउँदा पनि सुनुवाइ नभएको गुनासो गर्छन् ।

उनले अब धैर्यताको बाँध भत्किने भन्दै ठेकेदार अधिकारीलाई कारबाही गरेर जमानत जफत गर्नुपर्ने बताए । स्थानीयको नेतृत्वमा भौतिक योजना तथा निर्माण मन्त्रालयमै डेलिगेसन जाने उनले चेतावनी दिए ।

संसदमा पटक पटक कुरा उठाउनुका साथै सांसद तामाङले नेकपाका अध्यक्ष प्रचण्डलाई यही बाटो हुँदै ककनी आउँदा केही महिनाअघि ध्यानाकर्षण गराएका थिए । जिल्लाका अन्य जनप्रतिनिधिहरुसहित सांसद तामाङको जवाफमा प्रचण्डले आफू कसैको व्यवसाय र ठेक्का हेरेर घरमा बस्न नगएका बताउँदै त्यस्ता बदमासी गर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने बताएका थिए ।

उनले ऐन कानुन नै संसोधन गरेर ठेकेदारहरुको एकाधिकारलाई तोड्नुपर्ने पनि बताएका थिए ।यता, ककनीदेखि त्रिशुलीसम्मको अर्को सडक खण्ड पनि यस्तै अलपत्र छ । करिब ७० करोडमा निर्माण गर्नुपर्ने यहाँ कोसी निर्माण कम्पनी टाट पल्टिएको भन्दै काम नै छोडेर फरार भएपछि अहिले भारतीय जोइन्ट भेन्चरमा काम भइरहेको छ ।

ठेकेदार फरार भएपछि अलपत्र पारेको यो सडकमा ककनी गाउँपालिकाले हरेक वर्ष लाखौँ खर्च गरेर स्तरोन्नतको काम गरिरहेको छ । राजधानीबाट नजिकैको अत्याधिक चाप हुने सडकलाई दुरावस्थामा छाडेर भाग्ने ठेकेदारलाई सरकारले जेल हाल्नुपर्ने भन्दै सरकारले कारवाही गर्दैन भने जनतालाई लिएर आफुहरु सडकमा ओर्लिने नेकपाबाटै निर्वाचित ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाको चेतावनी छ ।

प्रतिक्रिया