समाजसेवी श्रेष्ठद्धारा जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक भ्रमण शुल्क प्रदान

विदुर खबर २०७६ मंसिर १४ गते १४:३७

चौघडा । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ का समाजसेवी तथा युवा व्यवसायी शैलेश श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा क्षेत्रपाल माविलाई शैक्षिक भ्रमण शुल्क प्रदान गरेका छन ।

Advertisement

श्रेष्ठले शनिबार एक कार्यक्रमको आयोजना गरि क्षेत्रपाल माविका कक्षा १० का विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लाग्ने शुल्क बापतको ५० हजार रुपैयाँ प्रदान गरेका हुन । त्यस्तै शनिबार नै श्रेष्ठ दाजुभाई सन्तोष र शैलेश मिलेर केहि महिनाअघि निर्माण भएको चापाको बोटको चौतारो समेत समुदायलाई हस्तानन्त्ररण गरिएको छ ।

करिव ९ लाख रुपैयाँको लागतमा निर्माण भएको चौतारोमा खानेपानीको धारा समेत जडान गरिएको छ । चौतारोमा बस्ने सुविधाको लागि बेन्चहरुको समेत व्यवस्था गरिएको छ । यसअघि अव्यवस्थित रहेको चौतारो व्यवस्थित र जाडो महिनामा घाम तापेर वस्नेृ ठाउँ बनेको भन्दै स्थानियबासीले खुशी व्यक्त गरेका छन ।

Advertisement

त्यस्तै आफ्नो व्यापार र व्यवसायबाट भएको आम्दानीबाट केही सामाजिक काम गर्ने लक्ष्यका साथ आफुहरु विद्यालयका सवलर्थीहरुलाई भ्रमण खर्च र गाउँमा चौतारो निर्माण गरेको समाजसेवी शैलेश श्रेष्ठले बताए ।

यसअघि श्रेष्ठ दाजुभाईले क्षेत्रपाल माविका विलर्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नुको साथै राष्ट्रिपति रनिङशिल्ड प्रतियोगितामा लिखु गाउँपालिकाबाट उत्कउष्ट हुन सफल विद्यार्थीहरुलाई साईकल समेत वितरण गरेका थिए ।

Advertisement

 

समाजसेवी श्रेष्ठद्धारा लिखुका नरबहादुर नेपालीलाई सहयोग

प्रतिक्रिया