मानव बेचबिखन गर्ने युवतीलाई १५ वर्ष कैद र जरिवाना
चितवन । चितवन जिल्ला अदालतले मंगलबार मानव बेचबिखन तथा ओसारपसारलगायतका चारवटा मुद्दा खेप्दै आएकी एक युवतीलाई १५ वर्ष कैद फैसला सुनाएको छ ।
न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले विभिन्न चार घटनामा संलग्न भएको प्रमाणित गर्दै मकवानपुर, हाँडीखोलाकी २५ वर्षीया उर्मिला तामाङलाई १५ वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।
उर्मिलाको पहिलो मुद्दामा दुई वर्ष कैद, दोस्रोमा ११ वर्ष, तेस्रोमा १२ वर्ष र चौथो मुद्दामा १५ वर्ष कैद सजाय सुनाइएको चितवन अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । चारवटै मुद्दाको कैद सजाय जोड्दा ४० वर्ष हुन आउँछ । सबैभन्दा बढी सजायलाई आधार मानेर उर्मिलाले १५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने सूचना अधिकारी पौडेल बताउँछन् ।
यसै घटनाका दुई आरोपित कालिका नगरपालिका ८ की ३२ वर्षीया चन्द्रमाया रुम्बा र सोही ठाउँकी २८ वर्षीया सुकमाया तामाङले मंगलबार सफाइ पाएका छन् ।
बाबुआमा दुवै नभएकी १८ वर्षीया युवतीलाई विसं ०७१ साउन २० गते किनमेलका लागि नारायणगढबजार आएको समयमा कालिका–८ बस्ने सुकमायाले ललाइफकाइ गरी भारतमा मासिक ५ हजार रुपैयाँमा घरमा काम गर्न पाइन्छ भनेर प्रलोभन देखाएर पठाएको आरोप लागेकोे थियो ।
उनीमाथि नयाँदिल्लीमा उर्मिला तामाङसँग भेट गराएको र उर्मिलाले त्यसकोे एकसातापछि वेश्यावृत्तिमा लगाएको आरोप रहेको थियो । पीडितले प्रहरीमा दिएको बयानमा वेश्यालयमा आफूले दैनिक ३० जनालाई यौन प्यास मेटाउन बाध्य भएको बताएकी छन् ।
०७३ भदौमा दिल्लीमा रहेका एक नेपाली युवाको सहयोगबाट आफू भागेर नेपाल आउन सफल भएको उनले प्रहरीमा दिएको बयानमा उल्लेख छ ।
उक्त घटनाका पीडकहरुलाई चितवन अदालतको ०७३ असोज १३ गतेको आदेशबाट भरतपुर कारागारमा पूर्पक्षका लागि थुनामा राखिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया