ककनी गाउँपालिकाद्धारा सत्केरीलाई पोसिलो झोला वितरण

विदुर खबर २०७६ मंसिर ११ गते १५:३९

नुवाकोट । ककनी गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान र सुरक्षित सुत्केरी गराउन उत्प्रेरित गर्ने उदेश्यले सुत्केरीसंँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

Advertisement

यसै क्रममा मंगलबार गाउँपालिकाका-६ र ७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै ७ नम्वर वडाका सुत्केरीहरुलाई पोषिलो झोला बितरण गरिएको छ ।गाउँपालिकाका अनुसार मंगलबार वडा नम्वर ६ को क्यौरिनीस्थित नवजीवन माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा लामा र प्रमुख प्रशासकीय अधिकृत टुनाबहादुर श्रेष्ठले उक्त वडाका ९० बर्ष माथिका नौजना ज्येष्ठ नागरिकहरुलाई जनही दुईहजार रुपैयाँ नगदसहित दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरे भने न्यानो कपडा समेत बितरण गरे ।

त्यसैगरी मंगलबार नै वडा नम्वर ७ को चतुरालेस्थित महेन्द्र माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा उक्त वडाका ४ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै ८ जना सुत्केरीहरुलाई पोषिलो झोला बितरण गरिएको अध्यक्ष लामाले बताए । कार्यक्रममा सुत्केरीहरुलाई सुरक्षित सुत्केरी गराए बापत सरकारको तर्फबाट दुईहजार रुपैयाँ र गाउँपालिकाको तर्फबाट तीनहजार रुपैयाँ उपलब्ध गराईएको उपाध्यक्ष लामाले बताइन्  ।

Advertisement

प्रतिक्रिया