ककनी गाउँपालिकाद्धारा सत्केरीलाई पोसिलो झोला वितरण
नुवाकोट । ककनी गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान र सुरक्षित सुत्केरी गराउन उत्प्रेरित गर्ने उदेश्यले सुत्केरीसंँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
यसै क्रममा मंगलबार गाउँपालिकाका-६ र ७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै ७ नम्वर वडाका सुत्केरीहरुलाई पोषिलो झोला बितरण गरिएको छ ।गाउँपालिकाका अनुसार मंगलबार वडा नम्वर ६ को क्यौरिनीस्थित नवजीवन माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा लामा र प्रमुख प्रशासकीय अधिकृत टुनाबहादुर श्रेष्ठले उक्त वडाका ९० बर्ष माथिका नौजना ज्येष्ठ नागरिकहरुलाई जनही दुईहजार रुपैयाँ नगदसहित दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरे भने न्यानो कपडा समेत बितरण गरे ।
त्यसैगरी मंगलबार नै वडा नम्वर ७ को चतुरालेस्थित महेन्द्र माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा उक्त वडाका ४ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै ८ जना सुत्केरीहरुलाई पोषिलो झोला बितरण गरिएको अध्यक्ष लामाले बताए । कार्यक्रममा सुत्केरीहरुलाई सुरक्षित सुत्केरी गराए बापत सरकारको तर्फबाट दुईहजार रुपैयाँ र गाउँपालिकाको तर्फबाट तीनहजार रुपैयाँ उपलब्ध गराईएको उपाध्यक्ष लामाले बताइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया