सरकारको कारण लोकतान्त्रिक ब्यवस्था र पद्धति नै धरापमा : केसी

विदुर खबर २०७६ मंसिर १० गते १९:०४
अर्जुननरसिंह केसी

पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी फेरि कांग्रेसकै काँधमा आएको बताएका छन् ।

Advertisement

पोखराको भलाममा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले वर्तमान सरकारको लोकतान्त्रिक ब्यवस्था माथिको निरन्तरको प्रहारका कारण यो ब्यवस्था जोगाउने दायित्व फेरि कांग्रेस कै भएको बताए ।१४ मंसिरमा हुने उपनिर्वाचनलाई लोकतन्त्र पक्षधर र निरंकुशता पक्षधरहरुको मिनि जनमत संग्रहका रुपमा समेत लिइएको नेता केसीको भनाइ छ । `यो उप निर्वाचन निरंकुशता पक्षधरलाइ रोज्ने कि लोकतन्त्र पक्षधरलाइ रोज्ने भन्ने सवालमा महत्वपूर्ण छ, यसलाई लघु जनमत संग्रहका रुपमा लिनु पर्दछ ।

केसिले भने । उनले वर्तमान सरकारका कारण लोकतान्त्रिक ब्यवस्था र पद्धति नै धरापमा पर्ने अवस्था आएको भन्दै ब्यवस्था जोगाउन र पद्धति टिकाउन पनि कांग्रेसको दायित्व बढेको जनाए ।

Advertisement

प्रतिक्रिया