चिलिमेद्धारा लाभान्स पारित गर्न साधारणसभा आह्वान

विदुर खबर २०७६ मंसिर १० गते १८:०१

नुवाकोट ।  चिलिमे जलविद्युत कम्पनीले २५ लाभांश अनुमोदन गर्न मंसिर ११ गते साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट २०५ बोनस सेयर र ५५ नगद लाभांश दिने निर्णय गरेको हो । आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण प्रक्रिया सुरु गरिनेछ । गत वर्ष पनि चिलिमेले २०५बोनस सेयर र ५५ नगद लाभांश गरी कुल २५५ वितरण गरेको थियो ।

Advertisement

कम्पनीले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । साधारण सभाका लागि चिलिमेले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म बुक क्लोज गरेकोछ । कात्तिक २६ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।

चिलिमेको चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

Advertisement

प्रतिक्रिया