चिनको केरुङबाट ४६ लाख बराबरको अवैध सुनसहित दुई महिला पक्राउ

विदुर खबर २०७६ मंसिर ९ गते १९:२३

रसुवा। चिनको केरुङ बाट रसुवागढी नाका हुदै नेपालतर्फ आउदै गर्दा टिमुरे प्रहरीले विषेश सुराकीको आधारमा नियमित चेक जाँच गर्ने क्रममा गोसाइकुण्ड गाउँपालिका १ थुमनका २ महिलासहित सात सय ४२ ग्राम सुन बरामद गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार मंसिर ९ गते करिब विहान ९ बजेको समयमा चिनको केरुङबाट रसुवागढी हुदै पैदल आइरहेको पैदल यात्रुहरुको नियमित चेक जाँच गर्ने क्रममा गोसाइकुण्ड गा.पा. १ थुमन को ३४ बर्षिय म माया तामाङ र सोही ठाउँकी ३९ वर्षिय छोमाया तामाङ रहेको र शरिर खान तलासी गर्दा करिब ४५ लाख ५४ हजार सात सय ९६ रुपैया ६८ पैसा बराबरको सुन पक्राउ गरिएको हो ।

रसुवा जिल्ला अदालतबाट पक्राउ स्वीकृति लिई अनुसन्धानको लागि बरामद गरिएको सुनसहित पक्राउ परेका उक्त दुई महिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा पठाउने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।,

Advertisement

प्रतिक्रिया