ककनीमा रहेको वसन्ती दरवारको पुननिर्माण शुरु

विदुर खबर २०७६ मंसिर ९ गते १८:२५

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा रहेको वसन्ती दरवारको पुन निर्माण शुरु भएको छ ।

Advertisement

गत बर्षनै ठेक्का सम्झौता भएर रोकिएको दरवारको पुनर्निर्माणको काम  पुरातत्व विभागले  गरेको हो । थ्वीनारायण शाहले विक्रम संवत् १८०१ मा नुवाकोट विजय गरेपछि काठमाडौँ आवतजावत गर्दा बस्नका लागि बनाएको वसन्ती बाग अहिले वसन्ती दरवारका रुपमा परिचित छ ।

दरवार पुनर्निर्माणको लागि कीर्तिपूरबाट कालीगढ ल्याइएको छ । नेपाली इतिहासको वसन्तीसँग यस दरवारको महत्व जोडिएको छ । वसन्तीलाई यही दरवारमा ल्याएर लुकाइएको इतिहास उल्लेख गरिएको छ ।

Advertisement

प्रतिक्रिया