नागढङ्गा–सिस्नेखोला सुरुङको प्रवेशद्वार पुग्ने बाटोमा फ्लाइ ओभर बन्ने

विदुर खबर २०७६ मंसिर ७ गते १०:३३

नुवाकोट । नागढङ्गा सिस्नेखोला सुरुङमार्गको प्रवेशद्धार सम्म पुग्ने बाटोमा फ्लाइ ओभर बनाउन आवश्यक जग्गा अधिग्रहण गर्न सरकारले स्वीकृति दिएको छ।

Advertisement

कलंकी–थानकोट सडकखण्डको गुर्जुधारामा ६ सय १० मिटरको फ्लाई ओभर बन्ने भएको छ।यसका लागि ११.०८ रोपनी जग्गा र ४७ घरटहरा अधिग्रहणको लागि सरकारले स्वीकृति दिएको हो। सुरुङमार्ग निमार्ण आयोजना प्रमुख श्याम खरेललेअहिले चलिरहेको कलंकी–थानकोट सडकमा सुरुङमार्ग निमार्णले असर नगरोस भनेर फ्लाई ओभर बनाउन लागिएको बताए।

सुरुङमार्ग आयोजनाले सुरुङमार्ग निमार्ण कम्पनी र हाजमा अन्डो कर्पोरेसनलाई निमार्णको कार्यादेश दिएको छ। गत कात्तिक २८ मा आयोजनाले कार्यआदेश दिएको आयोजनाप्रमुख खरेलले जानकारी दिए। कार्यादेश पाएपछि निमार्ण कम्पनीको समय सुरु हुन्छ। निमार्ण कम्पनीले ४२ महिनामा काम सक्नेगरी सम्झौता गरेको छ।

Advertisement

प्रतिक्रिया