मुख्यमन्त्री पौडेलद्धारा सडक अवलोकन
नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी– इपा सडक तथा निजगढ काठमाडौँ द्रुतमार्गको अवलोकन तथा अनुगमन गर्नुभएको छ ।
अवलोकनका लागि शुक्रबार उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपा पञ्चकन्यालगायतका क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानको निरीक्षण गर्नुभयो । भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेकोमा खुशी व्यक्त गर्दै उक्त सडकलाई हेटौँडाबाट काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।
रु २६ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक तोकिएकै मितिमा सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभयो । एक वर्ष अगाडिदेखि निर्माण प्रारम्भ भएको उक्त सडक सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ । यस सडक सञ्चालन भएपछि काठमाडौँ–इपा–देउराली सडकखण्ड हुँदै सवारी सञ्चालन हुनसक्ने तथा भीमफेदी गाँउपालिकाका स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष हिदम लामा बताउनुहुन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया