नुवाकोटमा सुरुङमार्गको सम्भाव्यता अध्ययन हामीले गरेका हौ : केसी

विदुर खबर २०७६ मंसिर ६ गते २०:०८

नुवाकोट ।  नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले नुवाकोटमा सुरुङमार्गको सम्भाव्यता अध्ययन आफुहरुले गरेको बताएका छन ।

Advertisement

उनले सरकारले नेपाली भुमि फिर्ताको लागि तद्काल पहल गर्नुपर्ने बताए । उनले सरकार अहिले कम्युनिष्ट शाषन लगाउन लागिरहेको आरोप समेत लगाए ।सरकारको  एकदलीय अधिनायकवादी सोचले अहिले देश राजनीतिक संकटमा फसेको उनको भनाइ थियो ।

पटक पटक भएका जनआन्दोलनको नेतृत्व काँग्रेसले गरेको तर अरु पार्टी जस्तो प्रचार गर्न नजानेकाले काँग्रेसले केही नगरे जस्तो देखिएको बताउदै उनले देशलाई नयाँ ढंगले परिवर्तन गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको दाबी गरे । यो पाँच वर्षको अवधिमा दायाँ बायाँ नगरीकन विपक्षमा बसेर पार्टी निर्माण र संगठन विस्तारमा सबै एकजुट भएर लागे मात्र  पार्टी बलियो हुने बताए । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएकाले सीमा विवाद कुटनीतिक पहलबाट समाधान खोज्नुपर्ने बताए ।

Advertisement

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछी नेपालमा अहिले  विरोधको साथै सरकारको समेत कुटनीतिक पहल नगरेको भन्दै व्यापक आलोचना भैरहेको छ  ।संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न समेत सरकारलाई निर्देशन दिईसकेको छ ।

 

Advertisement

प्रतिक्रिया