नुवाकोट पहिरोको उच्च जोखिममा, किस्पाङ डेन्जर जोनमा
नुवाकोट । नुवाकोट सबै भु–भाग पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
बट्टारमा मंगलबार आयोजना गरिएको ‘पहिरोको जोखिम पहिचानमा नक्साको उपयोग’ अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । कार्यक्रममा नुवाकोटका २ नगरपालिका सहित १० वट्टै गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको प्राध्यापक डाक्टर मेघराज धितालले बताए । नुवाकोटमा रहेका १२ ओटा स्थानिय तहमध्ये किस्पाङ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नुवाकोट पहिरोको उच्च जोखिममा रहेको भन्दै विकास निर्माणका काम गर्दा सावधानी अपनाउनुपर्ने बताए । त्यस्तै विदुर नगरपालिकामा प्रमुख सञ्जु पण्डितले विपत व्यवस्थापनको अधिकार स्थानिय तहमा आएको भन्दै सबै स्थानिय तहले विकास निर्माणको काम गर्दा भौगोलिक अवस्था हेरेर मात्र गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया