विप्लवका कार्यकर्ता पक्राउ
विदुर खबर
२०७६ मंसिर ३ गते १८:३५
दाङ । दाङको बबईबाट विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बबई गाउँपालिकाबाट–२ ट्वाङखोला निवासी ४८वर्षीय रणबहादुर वली रहेको प्रहरीले जनाएको छ । वली विप्लव माओवादीका जिल्ला कमिटी सदस्य रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया