बालिकाविवाह गरेको अरोपमा नुवाकोटका उसन जिम्बा पक्राउ
विदुर खबर
२०७६ मंसिर १ गते २१:४३

नुवाकोट । बालविवाह गरेको अरोपमा नुवाकोटको तादीका एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा तादी गाउँपालिका वडा नम्बर २ का उसन जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उसनले १४ वर्षकी किशोरीलाई बिबाह गरेर घर भित्र्याउन लागेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खरानीटारले नियन्त्रणमा लिएको हो ।
किशोरीलाई फकाएर बिबाह गरेर घर लगेको र घरका परिवारका सदस्यले असहमति जनाउदै भित्र प्रवेशमा रोक लगाउदा विवाद उत्पन्न भइरहेको समयमा प्रहरीले उसनलाई पक्राउ गरेर कारबाहीको लागी जिल्ला कार्यालयमा पठाएको छ ।
सम्बन्धित
प्रतिक्रिया