५८ किलो चरेससहित ५ जना पक्राउ

विदुर खबर २०७६ मंसिर १ गते २१:२९

बर्दियाको गुलरिया नगरपालिका–७ भन्सारको बाटोमा ५८ किलो चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

विशेष सूचनाका आधारमा आइतबार उनीहरुलाई पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक सुनिल बस्यालले बताए।बस्यालसहितको टोलीले गस्ती गर्दै जाने क्रममा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा झोलाभित्र लुकाइछिपाइ राखेको ५८ किलो चरेसका साथै ३२ हजार ५ सय ९८ रुपैयाँ नगद र ५ थान मोबाइल बरामद गरेको हो।

चरेश बरामद गरेलगत्तै पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रामशङ्कर कोहरले जानकारी दिए।-रासस

Advertisement

प्रतिक्रिया