पन्चकन्याको नवसञ्जीवनी माविको ३६ औ वार्षिकउत्सव सम्पन्न

विदुर खबर २०७६ मंसिर १ गते २१:१८

नुवाकोट । पन्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको नवसञ्जीवनी माध्यमिक विद्यालयको ३६ औ बार्षिकोत्सव तथा अभिभावक भेला आईतबार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा सत्याल पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत अश्विन सत्यालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यालयलाई करिब ४ लाख बरावरको स्मार्टबोर्ड र प्रोजेक्टर सहित शैक्षिक सामाग्रि हस्तान्तरण गरेका छन । त्यस्तै तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेले विद्यालयकौ शैक्षिक विकासको लागि एक लाख र  जिपी फाउन्डेनका अध्यक्ष तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता रमेशकुमार पाठकले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।

यस्तै अध्यक्ष विध्यालय व्यव्स्थापन समितिका अध्यक्ष कृष्ण मिश्रले अब भैतिक निर्माणकाे अन्तिम चरणमा पुगेकाे बताउदै अवकाे लक्ष्य स्कुलकाे संथापक छविलाल लम्सालकाे स्मृतिमा छबिलाल स्मृति सभाहल स्थापना गर्ने रहेकाे र बिद्यालयलाई अत्ति आवाश्यक खेलकुद मैदानकाे लागि विशेष पहल गर्नुका साथसाथै आफ्नाे सात पुस्ता जन्मेको जन्म गाउँमा अवस्थित सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर बृद्धी गर्नेकाे लागि नजिकै रहेकाे बाेडिङ्ग स्कुल सरह गुणस्तरीय शिक्षा दिनकाे लागि आफुले विशेष भुमिका निभाएकाे बताए । यसकै शिलशिलामा बाल कक्षा देखि kg कक्षा हुदै तीन कक्षासम्म अग्रेजि माध्यमवाट पठनपाठन गरिसकेकाे र अब निरन्तर रुपमा १२ कक्षासम्म नै अग्रेजि माध्यमवाट पठनपाठन गराई गुणस्तरीय शिक्षा दिने आफ्नाे एउटै उद्देश्य रहेकाे बताए ।

Advertisement

नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य रमेशकुमार महतको प्रमुख आतित्थ्यामा भएको कार्यक्रममा तादि गापाका अध्यक्ष नारायण पाण्डे , दुप्चेश्वर गापाका अध्यक्ष याेबिन्द सिहं तामाङ , पञ्चकन्या गापाकाकि उपाध्यक्ष सिता पराजुलि खड्का , नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्यहरु बैकुण्ठ मिश्र , उपेन्द्र कुईकेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । साथै साे अवसरमा सहयाेगिहरुलाई बिद्यालयले सम्मान समेत गरेकाे थियाे । नवसंजीवनी मावि पछिल्लो समय गाउँपालिकाको नै उत्कृष्ठ विद्यालय बन्न फिल भएको छ ।

 

Advertisement

प्रतिक्रिया