जनतासँग ५५ करोड उठाएको सान्जेन घाटामा, कहिले बाल्ला बिजुली ?

विदुर खबर २०७६ मंसिर १ गते ८:०८

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आईपुग्दा सान्जेन जदविद्युत कम्पनी पनि घाटामा पुगेको छ । असोज मसान्तसम्म कम्पनी २१ लाख ८१ हजार घाटामा पुगेको छ ।

Advertisement

गत आर्थिक बर्षको यसै अवधिमा कम्पनी १२ लाख ८२ हजार फाईदामा थियो । आयोजनको निमार्ण अवधि लम्बिदै जाँदा घाटा बढ्न पुगेको हो । कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

कम्पनीका अनुसार हालसम्म माथिल्लो सान्जेनको ८२ प्रतिशत तथा सान्जेनको ७२ प्रतिशत भौतिक प्रगति भएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका अनुसार माथिल्लो सान्जेनको २०७७ असारसम्म र सान्जेनको आर्थिक बर्ष ०७७/०७८ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Advertisement

सान्जेनको निमार्ण अवधिको ब्याज बाहेक ५ अर्ब २ करोड र माथिल्लो सान्जेनको २ अर्ब २१ करोड लागत अनुमान गरिएको छ । ब्याज सहित दुई आयोजनाको लागत झण्डै नौ अर्ब पुग्ने देखिन्छ । कम्पनीले सर्वधारणलाई शेयर बेचेर ५४ करोड ७५ लाख रुपैयाँ संकलन गरेको थियो ।

चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको ३ अर्ब ४८ कारोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ। यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ३२ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २७ पैसा ऋणात्मक छ। अघिल्लो आवमा उसको प्रतिशेयर आम्दानी २० पैसा थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ३६ पैसा छ।

Advertisement

प्रतिक्रिया