नेकपाद्धारा पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै गाउँपालिका अध्यक्ष निलम्बन
कालिकोट । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ ।
अध्यक्ष बमलाई नेकपाले गाउँपालिकाको अध्यक्ष भएपछि आर्थिक अनियमिता, पाटिले गरेको निर्णयको अस्ईकारलगायतका केहि आरोपमा पार्टीबाट निलम्बित गरेको हो ।
बमलाई आर्थिक अनियमितता,सँगै पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै जनस्तरबाटै व्यापक गुनासो आएपछि जिल्ला समितिको सदस्यबाट निलम्बन गरिएको नेकपा कालिकोटका पाटि अध्यक्ष धनजित शाहि(आर्दश)ले बताए । ‘छानबिनका लागि निलम्बन गरिएको छ,’ उनले भने, ‘पार्टी हित विपरीत आर्थिक अनियमिता गरेको लगायतका आरोप छन् ।’ छानविन समितिको प्रतिवेदन के कस्तो आउँछ, त्येसपछि मात्रै साधाहरण सदस्यवाटै निलम्बन गर्ने वा नगर्ने भन्ने बारेमा निष्कर्ष हुने छ । पार्टीले जिल्ला कमिटिबाट आन्तरिक रुपमा निलम्बन गरेको छ ।
गाउँपालिका अध्यक्ष बमले गरेको भनिएको आर्थिक अनियमितता र पार्टी अनुशासन विपरीत कार्यका विषयमा छानबिन गर्न नेकपा कर्णाली प्रदेशका सदस्य विष्णु विकको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको अध्यक्ष शाहीले बताए । समितिका अन्य सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सदस्य कृष्णप्रसाद आचार्य र टेकबहादुर बुढा रहेका छन् ।
छानबिन समितिको प्रतिवेदनअनुसार नै पार्टीले अध्यक्ष बममाथि थप प्रक्रिया अगाडि बढाउने पार्टी सचिव नगेन्द्र शाही (नेशनल )ले बताए । ‘उनिमाथि जनस्तर र पार्टी भित्रैबाट केही आरोप लागेका छन,’ उनले भने, ‘छानबिन समितिको प्रतिवेदनअनुसार नै अध्यक्ष बमलाई थप कारबाही वा फुकुवा हुने भन्ने कुरा तय हुनेछ ।’
अध्यक्ष बममाथि कारबाहीको माग गर्दै जिल्ला समितिका १० जनाले पार्टीमा उजुरी गरेका थिए । पटक पटक गाँउकमिटिले वमलाई कारवाहि गर्न खिति निवेदन पाटिमा आएको थियो । हामिले अध्यक्ष वमलाई वास्तविक के भनि सोधपुछ पनि गर्यो अन्तमा सिंगो गाँउकमिटिले मुख्यमन्त्रीलाई समेत कारवाही गर्न माग गरिसकेपछि अन्तमा बमलाई जिल्ला कमिटिबाट निलम्बन गरिएको हो ।
अध्यक्ष वमले, आफु पार्टीबाट निलम्बनमा परेपनि जनताबाट निलम्बनमा नपरेको बताएका छन । आफुले आर्थिक अनियमिता नगरेको बरु पार्टीसंग सल्लाहा नगरि केही जनमुखि काम गरेको स्वीकार गरे । यदि अनियमिता गरेको प्रतिवेदन छानविन समितिले निकाल्यो भने आफु पार्टी र सत्ताबाटै रानिनामा दिने बताए ।
पहिलो वर्षमै चर्चामा थिए अध्यक्ष वम
स्थानिय तहको निर्वाचन जितिसकेपछि पहिलो वर्षमै अध्यक्ष वम चर्चामा रहेका थिए ।पहिलो वर्षमै गाउँपालिकाका बेरोजगारी युवाहरुलाई पलाता निर्माण कार्यदल बनाई चर्चामा आएको अध्यक्ष बम त्यसपछिका समयमा पनि जिल्लाकै एकमात्र भौगोलिक विकट्ता रहेको सुख्खा क्षेत्र पलाँतामा शिक्षा र स्वास्थ्यमा उल्लेखनीय कार्य गरेका बम पछिल्लो समयमा आयर केही आरोप प्रत्यारोपणमा मुछिएका थिए ।
भित्रि रुपमान विकास जे जस्ता अवस्थामा भएपनि बाहिरी रुपमा जिल्लाका ९ वटै स्थानिय तहभन्दा विकासमुखी नेताको रुपमा चिनिँदै आइरहेका थिए । विकासका दृष्टिकोणले चर्चामा आएका नेता बमलाई पार्टीले यसरी निलम्बन गरेको सुन्दा यहाँका नागरिक अचम्म परेका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहिका नजिकका अन्तरिक पात्र मानिने वाहाल वाला गाँउपालिका अध्यक्ष बमलाई पार्टीबाट निलम्बन गर्ने पार्टी अध्यक्ष धनजित शाही पनि उत्तिकै पावरफुल नेता भित्र पर्दछन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया