मेरो माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न, ३१.५८ प्रतिशत लाभान्स पारित

विदुर खबर २०७६ कार्तिक २९ गते १५:५०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा केन्द्रिय कार्यालय रहेको रााष्ट्रिय स्तरको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले सातौ वार्षिक साधारण सभामार्फत ३१.५८ प्रतिशत लाभान्स पारित गरेको छ ।

Advertisement

बट्टारमा शुक्रबार वसेको साधारणसभाले चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश गरि कुल ३१.५८ प्रतिशत लाभान्स अनुमोदन गरेको हो । साधारणसभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले लघुवित्तले स्थापना कालदेखि हालसम्म लगानीकर्तालाई १ सय २१ प्रतिफल दिएको बताए । उनले आफुहरु केही समयमै प्रादेशीक संरचामा जाने वित्तिय संस्थाले अझै प्रगति र नाफा बृद्धि गर्दे जाने विश्वास व्यक्त गरे ।

त्यस्तै संचालक समितिका अध्यक्ष सन्जिव मानन्धरले आर्थिक वर्ष २०७५÷७६ को प्रतिवेदन प्रस्तुत गर्दै आव ०७५÷७६ मा ४ अर्ब ७१ करोड रुपैयाँ त्रृmण प्रवाह गरी एक अर्ब २१ करोड नाफा कमाएको बताए । त्यस्तै आव ०७५÷७६ बोनससहित चुक्ता पूँजी ८५ अर्ब ५ करोड १४ लाख पुगेको बताए ।

Advertisement

साधारण सभाले लाभांश अनुमोदन, मर्जर प्राप्ती सहितका ८ वटा प्रस्ताव समेत पारित छ । सभामा सर्वसाधारण लगानीकर्ताको तर्फबाट संचालनक समितिमा ज्ञानकृष्ण अधिकारीलाई समेत सर्वसहमत रुपमा चयन गरेको छ । लघुवित्तमा ८ वाणिज्य र २ विकास बैंकहरुले प्रवद्र्धन गरेका छन । लघुवित्तले १ सय ११ शाखा कार्यालय मार्फत एक लाख बढी विपन्न घरपरिवारमा लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया