भुकम्पपछि ३ सय ८७ सम्पदाको पुनर्निर्माण
नुवाकोट । भूकम्प गएको साढे ४ वर्षमा हालसम्म ३ सय ८७ सम्पदा पुनर्निर्माण भएको पुरातत्व विभागले जनाएको छ।
विभागका अनुसार अबको केही महिनाभित्र ४ सय र दुई वर्षभित्र सबै सम्पदा पुनर्निर्माण भइसक्ने छ। भूकम्पबाट अति प्रभावित १४ र बाँकी १७ गरी ३१ जिल्लाको सम्पदामा क्षति पुगेको थियो। तीमध्ये झण्डै ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। विभागका प्रवक्ता रामबहादुर कुँवरले भूकम्पले ध्वस्त र क्षतिग्रस्त बनाएका ८ सय ९१ सम्पदामध्ये करिब ६० प्रतिशतको निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो।नेपाल भ्रमण वर्षमा पर्यटकले देख्ने अधिकांश सम्पदा पुनर्निर्माण गरिसक्ने विभागको योजना छ। विभागको सम्पदा पुनर्निर्माण शीर्षकमा यो वर्ष ५ अर्ब १५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।
सो बजेटमध्ये नेपाल सरकारको १ अर्ब २६ करोड, भारतीय सरकारको १ अर्ब ८३ करोड, भारतीय एक्जिम बैंकको १ अर्ब ९१ करोड र जापान सरकारको १३ करोड रुपियाँ छ। बजेटअनुसार काम भए यो वर्ष करिब ७५ प्रतिशत सम्पदा पुनर्निर्माण भइसक्ने विभागको भनाइ छ। भूकम्पबाट समग्रमा करिब १ हजार ६ सय र १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो।बहुवर्षीय योजनाका ८६ वटा सम्पदामध्ये हालसम्म करिब २५ सम्पदा पुनर्निर्माण भइसकेको छ। विश्वसम्पदा क्षेत्रमध्ये हनुमानढोकाको दश अवतार र काष्ठमण्डप, पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर र भक्तपुरका अधिकांश सम्पदा स्थानीयको सहयोगमा निर्माण भइरहेका छन्।रानीपोखरी र धरहराको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण शुरू गरेको छ।
स्थानीय निकायले ठेक्का प्रथाको विरोध जनाएपछि विभागले स्थानीयको सहभागितामा केही सम्पदाहरूको पुननिर्माण गरिरहेको छ। पछिल्लो समयमा सबैभन्दा बढी भक्तपुर, पाटन र हनुमानढोका दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण भएको छ।विभागको तथ्याङ्कअनुसार पाटनको भीमसेन मन्दिरअगाडिको सिंहको मूर्ति, योगनरेन्द्र मल्लको शालिक, सुन्दरीचोकको पुर्वी लङ, तलेजु र मुलचोकको छाना, मणीमण्डप, सोह्रखुट्टे पाटी, हनुमानढोकाको लक्ष्मीनारायण, महादेव, सरस्वती, नगरा, सिंहसत्तल, मोहनकाली चोकको माथिल्लो मोहडा, पञ्चमुखी हनुमान, श्वेतभैरव, मशानचोकको नृत्यश्वर मन्दिर प्रतापमल्लको शालिक, देगु तलेजु, नौतले र गद्दी बैठकबीचको राणाकालीन भवन, गद्दी बैठक पुनः बनाइसकिएको छ।
विश्वसम्पदा सूचीमा सूचिकृत स्वयंभुका अधिकांश सम्पदाको पनि पुनर्निर्माण भइसकेको छ। स्वंयभुको टासी गोर्माग चैत्य, अनन्तपुर, प्रतापपुर, शान्तिपुरको पाटी, मञ्जुश्री सत्तललगायत छन्। यस्तै चीन सरकारको सहयोगमा पुनर्निर्माण भैरहेको नौतले दरबारको ७५ प्रतिशत काम सम्पन्न भएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया