एभरेष्ट बैंकको अधिकांश सुचकमा सामान्य सुधार

विदुर खबर २०७६ कार्तिक २८ गते ८:४९

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Advertisement

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६३ करोड २६ लाख रहेको छ। गत आव शेयरधनी कोषमा २ अर्ब ३२ करोड सञ्चित रहेका कारण बैंकको वितरण योग्य मुनाफा बढी देखिएको हो। बैंकको पहिलो ३ महिनाको वितरण योग्य मुनाफा भने ३० करोड ८४ लाख रुपैयाँ रहेको छ ।

८ अर्ब १० करोड ६८ लाख चुक्ता पूँजी रहेको यस बैंकले जगेडा कोषमा ६ अर्ब ९६ करोड ७१ लाख सञ्चित गरेको छ। त्यसैगरी, बैंकको शेयर प्रिमियम २३ करोड ८४ लाख रहेको छ भने शेयरधनी कोषमा ३ अर्ब १ करोड ५० लाख रहेको छ।

Advertisement

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३४ अर्ब ७४ करोड निक्षेप सङ्कलन गरी १ खर्ब ९ अर्ब ५३ करोड कर्जा लगानी गरेको छ। यसबापत कम्पनीले १ अर्ब ४३ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १२ करोड १८ लाख बढी हो।

चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले ९८ करोड ६९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ८ करोड २१ लाख बढी हो ।
गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश घोषणा गरेको यस बैंकको बेसिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४३ पैसा रहेको छ भने डाइलुटेड प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९ पैसा रहेको छ।

Advertisement

बैंकको प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिशेयर कुल सम्पत्ती १ हजार ९११ रुपैयाँ २ पैसा रहेको छ।

गत आवको असोज मसान्तमा १५.८१ प्रतिशत रहेको बैंकको रिटर्न अन इक्विटी चालु आवको यसै अवधिमा बढेर १६.४६ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया