समयमै काम नसक्दा कुकुर र बाँदरको फोटोसँगैै राखे ठेकेदारको फोटो,नुवाकोटमा कहिले  ? 

विदुर खबर २०७६ कार्तिक २६ गते २१:१४

 

Advertisement

काठमाडौं । ठेकेदार शारदाप्रसाद अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डका घरबेटी हुन् ।

उनी सैलुङ कन्स्ट्रक्सन कम्पनीमा मालिक पनि हुन् । राजनीतिक पहुँचका आधारमा फाइदा लिइरहेको भन्दै उनको समय समयमा चर्चा भइरहन्छ । तर मंगलबार उनको फोटो नगरकोटका स्थानीयले उनको फोटो सडकमा पोल, सार्वजनिक तथा निजी सवारी साधनमा उनको फोटो टाँसेका छन् ।

Advertisement

नगरकोटबासीले उनको फोटो स्वागत वा कुनै बधाइ दिनका लागि टाँसेका भने होइनन् । भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक खण्डमा कालोपत्रे नगरेपछि आक्रोशित बनेका स्थानीयले उनको तस्बिर जताततै टाँसेका हुन् । पर्यटकीय गन्तव्य समेत रहेको नगरकोट जाने बाटोको ठेक्का लिए पनि काम नगर्दा स्थानीयहरु आक्रोशित बनेका थिए । लामो समयसम्म पनि काम नगरेपछि आजित भएका स्थानीयले अधिकारीको फोटोमा बाँदर र कुकुरको फोटो समेत जोडिएको छ ।

कमलविनायकदेखि भट्टेडाँडासम्म जम्मा साढे १५ किलोमिटर सडक छ । अधिकारीले सडक स्तरोन्नतीका लागि २०७१ साल असार २ गते सम्झौता गरेका थिए । सम्झौता अनुसार अधिकारीको कम्पनीले २०७३ साल असार ४ गतेसम्म काम सम्पन्न गरिसक्नु पर्ने थियो । तर कम्पनीले पटक–पटक म्याद थप गर्दै काम गरेको छैन ।

Advertisement

 

 

प्रतिक्रिया