कहाँ छन् १९२ देशका प्रहरीले खोजिरहेका सांसद दीपक मनाङे ?
काठमाडौं । मनाङबाट प्रदेशसभामा निर्वाचिीत ‘डन’ दीपक मनाङे (राजीव गुरुङ) विरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत् ‘रेडकर्नर’ जारी गरेसँगै उनी कहाँ छन् भन्ने चासो बढेको छ । मनाङेविरुद्ध ‘रेडकर्नर’ जारी भएसँगै उनको खोजी १ सय ९२ देशको प्रहरीले गर्नेछ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले दीपक मनाङे फरार अपराधी भएकाले उनको खोजी देशविदेशमा भइरहेको बताए ।
निर्वाचित सांसद मनाङेविरुद्ध अदालतले फैसला गर्दा नेपालको राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीको सीआईबी टोली किन चुक्यो भन्ने प्रश्नको जवाफ सुरक्षा अधिकारी दिन मान्दैनन् । उच्च प्रहरी अधिकारी पनि मनाङे भारतमै छन् कि अन्य मुलुक गइसके भन्नेमा अन्योलमा छन् । भारतबाट सडकमार्ग हुँदै भुटान, बंगलादेश तथा पाकिस्तान जान सकिन्छ ।
प्रायः उच्च तहका डनहरुले पासपोर्ट पनि दुई–तीन बनाएका हुन्छन् । अधिकांश अपराधीको सेल्टर दुबई र मलेसियालाई मानिन्छ । काठमाडौं प्रहरीले पनि मनाङेलाई लामो समयसम्म खोजेको थियो । तर, उनले काठमाडौं छाडेको सूचनासँगै प्रहरीले मनाङे खोजी अभियान स्थगित गरेको थियो ।
२०६९ साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ अन्तर्गतको मुद्दामा मनाङेलाई पाँच वर्ष कैदको फैसला गरेको थियो । त्यही फैसलालाई २०७४ माघ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । सर्वोच्चको फैसलालगत्तै मनाङे फरार भएका थिए । त्यसपछि उनी प्रहरीका खोजीमा त परे, तर फेला परेका छैनन् ।
२०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनालेको घटनामा पुनरावेदन अदालतले गरेको फैसला सर्वोच्चले सदर गरेको थियो । मनाङेले त्यही घटनामा २ वर्ष जेल सजायसमेत काटिसकेका छन् । उनी ३ वर्ष अझै जेल बस्नुपर्ने थियो । सो घटनाका अन्य ४ जनाले भने सफाइ पाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया