बंगलादेशका राष्ट्रपति हमिद काठमाडौँमा

विदुर खबर २०७६ कार्तिक २६ गते १४:२२

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् ।

Advertisement

उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमास्थल पुगेकी थिइन् । तीन दिने नेपाल भ्रमणमा आएका हमिदले आजै भक्तपुरका धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति हमिद मंगलबार दिउँसो विमान बंगलादेशको विशेष उडानबाट पत्नी रशिदा हमिदसहित काठमाण्डौ आइपुगेका हुन् ।

भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।राष्ट्रपति हमिदको शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Advertisement

प्रतिक्रिया