बंगलादेशका राष्ट्रपति हमिद काठमाडौँमा
विदुर खबर
२०७६ कार्तिक २६ गते १४:२२
काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् ।
उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमास्थल पुगेकी थिइन् । तीन दिने नेपाल भ्रमणमा आएका हमिदले आजै भक्तपुरका धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति हमिद मंगलबार दिउँसो विमान बंगलादेशको विशेष उडानबाट पत्नी रशिदा हमिदसहित काठमाण्डौ आइपुगेका हुन् ।
भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।राष्ट्रपति हमिदको शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया