ह्रदयघातका कारण वडाअध्यक्षको निधन

विदुर खबर २०७६ कार्तिक २६ गते १४:१६

रोल्पा  । रोल्पाको सुनिल स्मृति गाउपलिका वडा नं ३ का वडाध्यक्ष जेदवहादुर विष्टको ह्रदयघातका कारण आज विहान मृत्यु भएको छ ।

Advertisement

हिजो वेलुका खाना खाएर आफ्नो कोठामा सुत्न गएका विष्ट विहान अवेरसम्म नउठे पछि उनका परिवार कोठामा पुगेर हेर्दा मृत अवस्थामा भेटेका थिए । उच्च रक्तचाप रहेका उनी ह्रदयघातका कारण मृत्यवरण गरेको हुन सक्ने आशंका गरिएको छ । नेपाली काङ्ग्रेसको तर्फवाट गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित विष्ट लोकप्रीय समाजसेविका रुपमा चिनिन्थे । विष्टका श्रीमती १ छोरा र ३ छोरी रहेका छन ।

प्रतिक्रिया