गल्छी सडक आयोजना विवादमा, २६ गतेसम्म काम रोक्न सर्वाेच्चको निर्देशन

विदुर खबर २०७६ कार्तिक २२ गते १६:३२

नुवाकोट । गल्छि–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजनालाई आगामी २६ गतेसम्म काम रोक्न शुक्रवार सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

Advertisement

न्यायधिश सुष्मालता माथेमाको एकल ईजलासले आयोजनालाई आगामी २६ गते मंगलबारसम्म विदुर नगरपालिका वडा नम्बर १० मा काम रोक्न निर्देशन दिएको हो । विदुर नगरपालिका वडा नम्बर १० स्थानिय नारायणप्रसाद प्याकुरेलसहित अन्य एकसय ४० जनाभन्दा बढी व्यत्तिले सडक आयोजना, प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई मुद्धा दायर गरेका थिए । स्थानियबासीहरुले मुअब्जा वितरण गर्दा सडक आयोजनाले आफुहरुलाई न्ययोचित रुपमा वितरण नगरेको दायर गरिएको मुद्धामा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस ।

Advertisement

गेर्खुटारबाट वडासदस्यसहित ४ जना पक्राउ

Breaking News : गल्छी सडकआयोजनालाई काम रोक्न सर्वाेच्च अदालतको निर्देशन

अदालतले आगामी मंगलबार सडक प्रभावितहरु, सडक आयोजनालाई छलफलको लागि बोलाएको छ । सडक प्रभावितहरुले मुद्धा दायर गर्दा अन्तिरम आदेश माग गरेकोले २६ गतेसम्मको लागि सर्वाेच्च अदालतको नियमावलि २०७४ को नियम ४९ को २ ख बमोजिम अन्तिरिम आदेश दिएको सर्वाेच्च अदालतले जनाएको छ ।

Advertisement

सडक आयोजनाले भने २०३४ साल असार २० गते राजपत्रमा प्रकाशित सुचना अनुसार त्रिशुली–धुन्चे–सोमदाङ्ग सडकखण्ड हाल पासाङल्हामु राजमार्ग रहेको र सडक सिमाको १०÷१० मिटर तोकिएकोले र ५÷५ मिटर जग्गाको मात्र मुअब्जा दिने बताउँदै आएको छ । आयोजनको भनाईमाथि वडा नम्बर १० को कार्यालयले समेत प्रश्न गरेको छ । सडक आयोजनाले कहिले सडक प्रभावितहरुलाई सधै झुक्काउँदै आएको यसअघि विभिन्न जनप्रतिनिधिहरुले समेत बताइसकेका छन । पछिल्लो सयम सडक आयोजना र स्थानिय मुअब्जा प्रभावितहरुबिच दुरी बढेको छ । यसअघि सडक निर्माणमा अवरोध सिर्जना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका वडा नम्बर १० को शुभघाटबाटवडासदस्यसहित चार जनालाई पक्राउ गरेको थियो ।

यस्तो छ अदालतको पत्रको विवरण ।

प्रतिक्रिया