गल्छी सडक आयोजना विवादमा, २६ गतेसम्म काम रोक्न सर्वाेच्चको निर्देशन
नुवाकोट । गल्छि–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजनालाई आगामी २६ गतेसम्म काम रोक्न शुक्रवार सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायधिश सुष्मालता माथेमाको एकल ईजलासले आयोजनालाई आगामी २६ गते मंगलबारसम्म विदुर नगरपालिका वडा नम्बर १० मा काम रोक्न निर्देशन दिएको हो । विदुर नगरपालिका वडा नम्बर १० स्थानिय नारायणप्रसाद प्याकुरेलसहित अन्य एकसय ४० जनाभन्दा बढी व्यत्तिले सडक आयोजना, प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई मुद्धा दायर गरेका थिए । स्थानियबासीहरुले मुअब्जा वितरण गर्दा सडक आयोजनाले आफुहरुलाई न्ययोचित रुपमा वितरण नगरेको दायर गरिएको मुद्धामा उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस ।
गेर्खुटारबाट वडासदस्यसहित ४ जना पक्राउ
Breaking News : गल्छी सडकआयोजनालाई काम रोक्न सर्वाेच्च अदालतको निर्देशन
अदालतले आगामी मंगलबार सडक प्रभावितहरु, सडक आयोजनालाई छलफलको लागि बोलाएको छ । सडक प्रभावितहरुले मुद्धा दायर गर्दा अन्तिरम आदेश माग गरेकोले २६ गतेसम्मको लागि सर्वाेच्च अदालतको नियमावलि २०७४ को नियम ४९ को २ ख बमोजिम अन्तिरिम आदेश दिएको सर्वाेच्च अदालतले जनाएको छ ।
सडक आयोजनाले भने २०३४ साल असार २० गते राजपत्रमा प्रकाशित सुचना अनुसार त्रिशुली–धुन्चे–सोमदाङ्ग सडकखण्ड हाल पासाङल्हामु राजमार्ग रहेको र सडक सिमाको १०÷१० मिटर तोकिएकोले र ५÷५ मिटर जग्गाको मात्र मुअब्जा दिने बताउँदै आएको छ । आयोजनको भनाईमाथि वडा नम्बर १० को कार्यालयले समेत प्रश्न गरेको छ । सडक आयोजनाले कहिले सडक प्रभावितहरुलाई सधै झुक्काउँदै आएको यसअघि विभिन्न जनप्रतिनिधिहरुले समेत बताइसकेका छन । पछिल्लो सयम सडक आयोजना र स्थानिय मुअब्जा प्रभावितहरुबिच दुरी बढेको छ । यसअघि सडक निर्माणमा अवरोध सिर्जना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका वडा नम्बर १० को शुभघाटबाटवडासदस्यसहित चार जनालाई पक्राउ गरेको थियो ।
यस्तो छ अदालतको पत्रको विवरण ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया