बट्टारको पाटी पुरानै शैलिमा निर्माण हुने

विदुर खबर २०७६ कार्तिक २० गते १०:२९

बट्टार ।  विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको पुरानो बजारमा रहेको ऐतिहासिक पाटी पुरातत्व विभागले पुननिर्माण गर्ने भएको छ ।

Advertisement

करिव ३ सय वर्षअघि निर्माण भएको सो पाटी विभागले हुवहु निर्माण गर्ने विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले बताए ।  मल्लकालमा निर्माण भएको सो पाटी निर्माणको लागि पुरातत्व विभागले ८० लाख रुपैयाँ बजेट तर्जुमा गरेकोमा त्यसमा निर्माण व्यवसायीले ५५ लाख रुपैयाँमै यसअघिको जस्तै मौलिक संरचना कायम गरेर बनाउन थालिएको हो । २०७२ सालको भुकम्पले ध्वस्त भएको पाटी यहि आर्थिक वर्षमा निर्माण हुने वडाअध्यक्ष श्रेष्ठले बताए ।

उनले विदुर नगरपालिकाले नगरक्षेत्रलाई सम्पदा शहरको रुपमा विकास गर्न लागिपरेको भन्दै यो वर्ष धेरै मात्रामा सम्पदा क्षेत्रमा बजेट बिनियोजन गरेको बताए । सो पाटीलाई पुरानै अवस्थामा निर्माणको लागि विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले विशेष पहल गरेका थिए ।

Advertisement

प्रतिक्रिया