नुवाकोट मोटरसाईकल चोरको बिगविगी, धादिङका सागर लामा पक्राउ

विदुर खबर २०७६ कार्तिक १९ गते १७:०३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ हात्तिगौडाबाट मोटरसाईकल चोरेको आरोपमा धादिङका एक युवक पक्राउ परेका छन ।

Advertisement

पक्राउ पर्नेमा नेत्रावति गाउँपालिका वडा नम्बर ५ का २० वर्षिय सागर लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार हात्तिगौडाका सुमन घलेको घरको अगाडी पार्किङ गरि राखेको बा ८५ प ५२४३ नम्बरको मोटरसाईकल चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया