गोसाईकुण्डमा दैनिक एकसयभन्दा बढी तिर्थयात्रु आउँदै

विदुर खबर २०७६ कार्तिक १९ गते १३:२६
फाईल फोटो

                                                                                             फाईल फोटो

रसुवा ।पबित्र तिर्थ गोसाइँकुण्डमा ओहर दोहर गर्ने आन्तरिक तथा बाह्रय पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। समुन्द्रि सतहदेखि १४ हजार एकसय फिटको उचाईमा अवस्थित भगवान शंकर बिराजमान रहनु भएको निलाद्रि पर्वतको पबित्रकुण्डमा स्नान र पुजा आरधना गर्नाले आफ्नो मनोकांक्ष पूरा हुने धार्मिक बिश्वासका रहि आएको छ।

Advertisement

बिशेष मेलाको अलावा हाम्रा नेपाली दाज्यु भाइ दिदी बहिनी बाह्रै महिना आन्तरिक पर्यटकको रूपमा तिर्थ पुग्ने गरेका कारण हिमाली धार्मिक एवं पर्यटकिय क्षेत्रको पदमार्गमा चहल पहल बढ्दै गएको छ।शरद् ऋतुमा सफा मौसम , बन जंगलको हरियाली,सबै तीर प्राकृतिक छटाको मनमोहक दृश्य चन्दनवारी र लौरिबिनायक आधार ईलाका क्षेत्रमा रेडपाण्डाको बास स्थान यरिया समेतको अवलोकन, दुईदिनमा पुग्दा सहज एवं सरल यात्रा,धार्मिक मार्गमा खानबस्नको सुबिधा भएका कारण आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो। प्रत्येक बर्ष जेठ महिनामा पर्ने गंगा दशहरामा १५ दिन र जनैपुर्णिमा पर्वमा पाँच दिन लाग्ने विशेष मेलामा मात्र तिर्थ जाने भक्तजन हरूअहिले विशेष मेलाको अलावा बिसं २०७२ को भूकम्प पश्चात आन्तरिक पर्यटकको संख्या दैनिक रूपमा बढ्दै गएको छ ।

हिमाली प्रकृतिको छटा ,बन बनस्पति,उकाली ओराली भञ्ज्याङ चौतारी,हिमाली ताल,झर्ना,बन्यजन्तु जस्ता सम्पदा अवलोकनका लागि मेलाको अलावा बाह्रै महिना भक्तजन हरू आन्तरिक पर्यटकको रूपमा गोसाइँकुण्ड जाने गरेका छन ।पछिल्लो समय बाह्रै महिना दैनिक सयौको संख्यामा आन्तरिक पर्यटकको आगमन हुन थालेपछि चन्दनवारी देखि गोसाइँकुण्ड सम्मको धार्मिक मार्ग रोमञ्चकारि बन्दै गएको चन्दनबारिका पर्यटन ब्यवसायी सुब्बा लामाले बताए। उनले भने पहिला पहिला विशेष मेलापछि सुनसानै हुन्थ्यो अहिले पर्यटक लाई खानावस्न दिएको सेवा बाट प्राप्त आयले व्यावसायीको जिविको पार्जन धानेको छ । एकरातको सुताई र खानाको शुल्क आन्तरिक पर्यटकको हकमा रू सात देखि एकहजार र बाह्रय पर्यटकको हकमा रू एक हजार पाँचसय लाग्ने व्यावसायीले बताएका छन ।

Advertisement

बिदेशी पाउना लाई भने निशुल्क कोठा उपलव्ध गराउनु पर्ने,अर्को तर्फ बिदेशी पाउनाका साथ आएका नेपाली पथप्रर्दशक लाई खानेबस्ने सबै निशुल्क दिनु पर्ने व्यावसायीको वाध्यता रहेको यश क्षेत्रका पर्यटन ब्यावसायीको गुनासो रहेको छ ।पर्यटन व्यवसायायको समश्याका बारेमा व्यावसायी सुब्बा लामाले भन्नू भयोूबिदेशी पर्यटक एकसय जना आएमा एकसय प्रकारका अडर अनुसार फरक फरक खाना बनाउनु पर्ने र नेपाली सबै लाई एउटै प्रकारको दालभात अचारले हुने कोठा नपुगेपनी मिलाएर बस्नोस भन्दा मिल्ने हुदाँ होटलको सेवा दिन नेपाली लाई सहज भएको छ । धार्मिक मार्गको त्रिसूली नदि देखि गोसाइँकुण्ड सम्म १५ ओटा भन्दा बढी स्थायी होटल रहेको बताइएको छ । यस्तै गोसाइँकुण्ड क्षेत्रमा बाह्रय पर्यटकको आगमन भने फाटफुट रूपमा दैनिक १० देखि १५ जना सम्म ओहर दोहर भै रहेको छ।

प्रतिक्रिया