डोटीमा बस दुर्घटना, एकको मृत्यु ३० जना घाईते

विदुर खबर २०७६ कार्तिक १६ गते ९:२१

बाजुरा । डोटीमा आज बिहान भएको बस दुर्घटनाका घाईतेमध्ये एकजनाको मृत्यु भएको छ ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरिक्षक मोहन धामीले दुर्घटनामा परी घाईते भएका एकजनाको मृत्यु भएको जानकारी दिनुभयो । उपचारका लागि अस्पताल लैजादै गर्दा बीच बाटोमा मृत्यु भएको हो । तर मृतकको सनाखत हुन सकेको छैन ।महेन्द्रनगरबाट बाजुरा आउँदैै गरेको ना ७ ख ६१८१ नम्बरको बस आज बिहान डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गौरीपानीमा दुर्घटनामा परेको थियो । दुर्घटनाको परी ३० जना भन्दा बढी घाईते भएका छन् । ती मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट २५ मिटर तल खसेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Advertisement

प्रतिक्रिया