नुवाकोटमा लक्ष्मीप्रसाद देवकोटाको सम्झना
नुवाकोट । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उहाँले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानमाथि यहाँको बेलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ ।
महाकवि देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्ध यही क्षेत्रमा लेखेकाले त्यसैको सम्झनामा यहाँ एक दशकदेखि देवकोटा जयन्ती मनाइँदै आएको छ । देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान र महाकवि देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार भएको ‘देवकोटाको वैचारिक दृष्टिकोण’ विषयक विचारगोष्ठीमा सहभागीहरुले देवकोटाले लेखेको÷सोचेको नेपाल अझै निर्माण हुन नसकेको बताउनुभयो । प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष निनु चापागाईंले देवकोटाको सिर्जनामा देखिएको वैचारिक विकासको बारेमा जानकारी दिनुभएको थियो । उहाँले देवकोटालाई कुनै एक रचनाको आधारमा मात्र चिन्न नहुने बताउनुभयो । कार्यक्रममा प्रा रमेश भट्टराईले देवकोटाको राजनीतिक यात्राको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले देवकोटाको साहित्य र राजनीतिक यात्राले चाहेको परिवर्तन अहिले देखिए पनि उहाँको दृष्टिकोणले अझै सार्थकता पाउन नसकेको बताउनुभयो ।
नुवाकोटको झिल्टुङलाई चिनाउन ‘कुञ्जिनी’ र ‘पहाडी जीवन’ले विशेष योगदान पु¥याएको भन्दै देवकोटाले ती कृति लेख्न बसेको घरलाई भूकम्पले क्षति पु¥याएकाले त्यस घरको निर्माणमा नगरपालिकाको ध्यानाकर्षण भएको बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले बताउनुभयो । उपप्रमुख ढुङ्गानाले देवकोटालाई अमर राख्न कोल्पुटारदेखि उहाँ बस्नुभएको घरसम्म देवकोटा मार्ग भनेर नामकरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रलेसका पूर्वअध्यक्ष मातृका पोखेरल, साहित्यकार अभय श्रेष्ठलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । सो अवसरमा बाबा बस्नेत, राजकुमार पुत्ला, प्रमिला परी, गायत्री भट्टराई, भगवती लामा, अग्निराज पौडेललगायतले सिर्जना वाचन गर्नुभएको थियो । कार्यक्रममा बेलकोटगढी नगरपालिका–६ देउरालीका नारायण नेपालले लेख्नुभएको ‘कञ्चना’ नामक कृति विमोचन गरिएको थियो । देवकोटाले विसं १९९७ तिर नुवाकोटको झिल्टुङमा मामा ससुराली आएको बेला ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्ध लेखी यहाँको परिवेशलाई समेटेकाले हरेक वर्ष देवकोटाको जन्मजयन्तीको अवसर पारेर झिल्टुङमा कार्यक्रम गर्ने गरिएको महाकवि देवकोटा प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया