बेलकोटगढीको कल्याणी मावि नेविसंघको चियापान सम्पन्न
विदुर खबर
२०७६ कार्तिक ३ गते २१:३६

नुवाकोट । नेपाल विद्यार्थी संघ बेलकोटगढी नगरपालिका वडा नम्बर ८ कल्याणी मावि इकाईको आयोजनामा आईतबार दिपावलि, छट ,नेपाल सम्बतको अवसरमा चियापन कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, महासमिति सदस्य रमेश महत लगायतका नेताहरुको उपस्थिति रहेको नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का नेता अच्युत रिजालले जानकारी दिए ।कार्यक्रममा विभिन्न क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत सम्मन गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया