मृगौला पिडित नुवाकोटकी आयुष्मा गुरुङको उपचारका लागि सहयोग संकलन सुरु

विदुर खबर २०७६ कार्तिक २ गते १८:०६

नुवाकोट । मृगौला रोगबाट पिडित नुवाकोटको शिवपुरी गाउँपालीका वडा नम्बर ४ की २२ वर्षिया आयुष्मा गुरुङको उपचारार्थ सहयोग संकलन सुरु भएको छ ।

Advertisement

ङोलो ङोलोस्यो समाज काठमाण्डौले पिडित गुरुङको उपचारको लागि देश विदेशमा सहयोग संकलन अभियान शुरु गरेको हो । समाजले देश विदेशमा रहेका नेपालीहरुसँग सामाजिक सञ्जालमा सहयोगको अपिल गर्दै रकम संकलन सुरु गरिएको समाजका कोषाध्यक्ष राजाराम गुरुङले जानकारी दिए । पिडित गुरुङ हाल अस्थायी रुपमा काठमाडौं बस्दै आइरहेकी छिन । उनको एक वर्षदेखि दुबै मिर्गौला फेल भएको थियो ।

उपचारको क्रममा रहेकी गुरुङ्गको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् तर आर्थिक अवस्था कमजोर रहेकोले मृगौला प्रत्यारोपण गर्न मृगौला दान गर्ने पारिवारिक व्यक्ति भए पनि प्रत्यारोपणका लागि चाहिने शुल्क रकम तिर्न नसक्ने हुदा गुरुङको परिवार अप्ठ्यारोमा परेको छ । आर्थिक अभाव कै कारण गुरुङको मृगौला प्रत्यारोपण गर्न ढिलाई भैरहेकोले दानविर महानुभावलाई सहयोगका लागि परिवारले सबैसँग सहयोगको अपिल गरेको छ ।

Advertisement

सहयोग गर्नेहरुको लागि बैंक खाता:

Mega Bank Nepal Limited
Kalpana Gurung (Sister)
A/C: 0250050000431
Boudha Branch, Kathmandu
Mobile no. 9851208443

Advertisement

प्रतिक्रिया