उपनिर्वाचनका लागि आयोगको तयारी तीव्र

विदुर खबर २०७६ कार्तिक २ गते १०:४५

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्यसहित कूल ५२ पदमा निर्वाचन गर्ने गरी आवश्यक तयारी गरेको छ ।

Advertisement

आयोगले   प्रेस विज्ञप्तिमार्फत मतदानको आवश्यक तयारी भइरहेको र व्यवस्थापनको काम भइरहेको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ एक, प्रदेशसभातर्फ तीन, स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी कूल ४८ गरी ५२ रिक्त पदमा उपनिर्वाचन हुने जनाएको छ । प्रतिनिसभा सदस्यतर्फ कास्की क्षेत्र नं २ र प्रदेशसभातर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १, बाग्लुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ र दाङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने निर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवारको मनोनयन हुने जनाएको छ ।

आयोगले आज प्रकाशित गरेको तालिकाअनुसार कात्तिक २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते मनोनय र उजुरीमाथि जाँचबुझ गर्ने, २४ गते उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते निर्वाचन चिह्न प्रदान गर्ने र आगामी मङ्सिर १४ गते मतदान हुनेछ । यस्तै स्थानीय तहतर्फ निर्वाचन हुने कूल ४८ पदका लागि यही कात्तिक २७ गते मनोनयपत्र दर्ता गराउने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । यस्तै, २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आगामी मङ्सिर १ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरेको छ । स्वीकृत भएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको आयोगले जनाएको छ ।

Advertisement

प्रतिक्रिया