प्रदेश ३ को प्रदेशसभा कामविहिन
विदुर खबर
२०७६ कार्तिक १ गते ९:४९
मकवानपुर । प्रदेश ३ को प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रदेश सरकारले बिजनेस दिन नसक्दा प्रदेशसभा बैठक अनिश्चित बन्दै गएको हो ।
एक महिना भन्दाबढी समय हुँदा पनि प्रदेशसभामा कुनै पनि नयाँ विधेयक दर्ता भएका छैनन् । भदौ २५ गते वर्षे अधिवेशनको अन्त्यसँगै स्थगित भएको प्रदेशसभा बैठक सञ्चालनको तयारीमा प्रदेश सरकार देखिँदैन । प्रदेशसभाको मुख्य एजेन्डाको रूपमा रहेको स्थायी राजधानी र नामकरणको विषयमा आन्तरिक तयारी पूरा गरेर प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार देखिन्छ भने प्रतिपक्षी दल तत्कालै राजधानीबाहेक पनि अन्य विधेयक तथा विषयमा छलफल गर्न बैठक बोलाउनुपर्ने बताइरहेका छन् ।
‘प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउनेतर्फ सरकार अगाडि बढिरहेको छ,’ प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने, ‘प्रदेशसभामा अन्य धेरै यस्ता विषय छन् जुन छलफल अपरिहार्य छ । यसका लागि सरकारले तत्काल प्रदेशसभा बैठक बोलाउनुपर्छ ।’ प्रदेश सरकार तिहारपछि मात्रै बैठक आह्वान गर्ने आन्तरिक तयारीमा छ । संविधानअनुसार प्रदेशसभा बैठक प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने हो तर मन्त्रिपरिषद् बैठक तत्काल बस्ने सम्भावना नभएको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल बताउँछन् । ‘दसैं अगाडि मन्त्रिपरिषद्को बैठक बसेको थियो । तत्काल बस्ने अवस्था छैन । अब मन्त्रिपरिषद् बैठक तिहारपछि मात्रै बस्ने सम्भावना छ,’ उनले भने, ‘चाडपर्वको समय भएकोले सांसदहरू पनि आफ्नो क्षेत्रका विभिन्न कार्यक्रममा व्यस्त छन् । चाडपर्व सकेपछि मात्रै प्रदेशसभाको बैठकको विषय अगाडि बढ्नेछ ।’ बजेट अधिवेशनले पारित गरेका सबै विधेयक प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भइसकेको छ । यसर्थ, प्रदेशमा नयाँ कानुनको प्रक्रिया सुरु भएको छैन । प्रदेश सरकारले विभिन्न मञ्चहरूमा महत्त्वपूर्ण विधेयकहरूको तयारी गरिरहेको बताइरहे पनि प्रदेशसभामा भने कुनै पनि विधेयक दर्ता गराएको छैन । प्रदेशप्रमुख अनुराधा कोइरालाले प्रदेशसभाले वर्षे अधिवेशनमा पारित गरेको सबै विधेयकहरू प्रमाणीकरण गरेर लागू गराइसकेकी छन् । प्रदेश सरकारले हालसम्म ४५ वटा कानुन निर्माण गरिसकेको छ । प्रदेश सरकारले ९९ वटा कानुन निर्माण गर्नुपर्ने पहिचान गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया