कर जनप्रतिनिधिको मोजमस्तीको लागि होइन : पूर्वअर्थमन्त्री पाण्डे
नुवाकोट । पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले जनताले तिरेको कर जनप्रतिनिधिको मोजमस्तीको लागि नभएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले दसैँतिहार तथा छठको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले बेलायती राजनीतिक इतिहासको उदाहरण दिँदै कर कसैलाई मोजमस्ती गर्नको लागि नभएको बताएका हुन् । उनले बेलायतमा लोकतान्त्रिक आन्दोलन चलिरहेको समयमा जनताले जिताएका प्रतिनिधिले शासनसत्ता नचलाएसम्म नागरिकले सरकारलाई कर तिर्देनौं नो ट्याक्सको आन्दोलन चलाएको सन्दर्भ प्रस्तुत गरे ।
उनले भने, ‘भाषणले मात्र देशमा समृद्धि आउँदैन, विकासका लागि पैसा चाहिन्छ । जसको कारणले राज्यले कर उठाउनु बाध्यता हो तर जनताले तिरेको कर मोजमस्तीमा खर्च गरिनु हुँदैन । ’ सरकारले कर तिम्रो लागि यसकारणले उठाइएको हो भन्ने स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले विचार राखे । सरकारले अहिले उठाइरहेको अनावश्यक करको औचित्य पुष्टि गर्न उनले सरकारलाई अनुरोध पनि गरे । हिजो क्रान्ति र आन्दोलनका च्याम्पियन बनेका नेताहरु अब देश निर्माणका च्याम्पियन बन्नुपर्ने उनको विचार थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया