सेक्स काण्डमा मुछिएका महराले बयान दिन अस्वीकार गरे

विदुर खबर २०७६ असोज ३० गते १९:११

नुवाकोट ।  संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले घटनाबारे बयान आनाकानी गरेका छन्।

Advertisement

पक्राउपछि उनलाई प्रहरीले प्रारम्भिक सोधपुछ गरेपनि सरकारी वकिलको उपस्थितिमा थप बयान दिन भने मानेका छैनन्। बरू स्वास्थ्यका कारण अहिले बयान दिन नसक्ने चिठी अस्पतालबाट प्रहरीलाई दिन लगाएका छन्। अस्पतालबाट त्यस्तो पत्र आएको काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले पुष्टि गरे। ‘आज पनि उहाँको बयान लिन सकिएन। अस्पतालसँग हामीले बयानका लागि पत्रमार्फत् कुरा गर्ने हो। अस्पतालले कृष्णबहादुर महराको स्वास्थ्य अवस्थाका कारण अहिले बयान गर्न नमिल्ने पत्र लेखेको छ,’ उनले  भने,’उहाँ बयान दिन सक्ने भएपछि लिन्छौं।’

स्वास्थ्यमा गम्भीर समस्या भन्दै उनी नर्भिक अस्पतालमा उपचार गर्न बसेका छन्। शरिरमा सुगरको मात्रा,अनिद्रा र तनाव बढेको नर्भिक अस्पतालले जनाएको थियो। असोज १९ गते पक्राउ परेका उनी २३ गते देखि नर्भिकको क्याविनमा बसिरहेका छन्। अनुसन्धानको म्याद थप्न जाँदामात्र मंगलबार उनी अदालतमा दिनभर बसेका थिए। त्यसपछि फेरि उनी अस्पतालमै बसेका छन्। यता उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद शुक्रबारसम्ममात्र अदालतले दिएको छ। शुक्रबारसम्म पनि उनको बयान लगायतका अन्य अनुसन्धान नसकिए आइतबार फेरि म्याद थप्न भने सकिन्छ ।  पक्राउ गरेको २५ दिनसम्ममा मुद्दा चलाउने वा नचलाउने निर्णय गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

Advertisement

उनी पक्राउ परेको १२ दिन पुगिसकेको छ। अझै १३ दिनसम्म उनीमाथि मुद्दा चलाउने/नचलाउने निर्णय गरिसक्नुपर्ने छ।सरकारी वकिल समक्ष उनको बयान लिनु पनि अनुसन्धानकै एक पाटो मानिन्छ। तर उनले बयान दिन्न भन्न पनि पाउँछन्।

महराले बयान दिन नमाने पनि प्रहरीले अन्य प्रमाणहरू संकलन गरेर २५ दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने छ। सुवेदीले पनि २५ दिनसम्म महराले बयान नदिएपनि अन्य प्रमाणसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाउने बताएको सेतोपाटीले समाचार लेखेको छ । ।

Advertisement

प्रतिक्रिया