प्रधानमन्त्री ओली मन्त्रिमण्डल हेरफेर गर्ने तयारीमा, को ईन को आउट
नुवाकोट । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार बिहान दाहालसँग यो विषयमा छलफल पनि गरे। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घण्टा वार्ता भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मा भ्रमणमा जानुअघि मन्त्रिमण्डल हेरफेरको तयारी छ। ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो।
शिवमाया तुम्बाहाङफेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ। ओलीले सोमबार नै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो। यौन दुव्र्यवहारको आरोपमा मुछिएका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। यो पद अन्य पार्टीलाई नछाड्न नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया